
सुनसरी प्रसाशनकाे अनुराेध : मिटरब्याजपीडित काेहि भए उजुरी दिन आह्वान
- बैशाख १६, २०८० मा प्रकाशित

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको आग्रहमा प्रशासन तथा आयोगसमक्ष निवेदन दिन मिटरब्याजपीडितलाई आह्वान गरेको छ ।
आयोगले मिटरब्याजपीडितबाट निवेदन आह्वान गरिएकोमा प्रशासन कार्यालयमा समेत सहायता कक्ष स्थापना गरी निदेवन दिन आग्रह गरिएको प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पीडितहरूले आफ्नो भएसम्मका सबुद प्रमाणसहित भएको बेहोरा खुलाई अनलाइनबाट सिधै जाँचबुझ आयोगमा वा निवेदकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ ।
”यसका लागि सुनसरीसहित सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष पनि स्थापना गरिएको छ । सहायता कक्षमा निःशुल्क फाराम पाइने र भर्न नसक्नेका लागि जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने व्यवस्था गरिएको भट्टराईले जानकारी दिनुभयो ।
प्रशासनले निवेदन दिन वैशाख १७ देखि ३१ गतेसम्म समय तोकिएको जनाएको छ । तराई–मधेशका जिल्लाबाट आएका मिटरब्याजपीडितले काठमाडौँमा आन्दोलन गरेका थिए । त्यसपछि गत चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments