
सुनसरीमा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन : ‘श्री ५’ लेखिएका ब्यानर प्रसाशनले हटायो, शाहलाई हिड्न र जनतासंग बाेल्न पनि राेक लगाइयाे
- चैत्र २०, २०७९ मा प्रकाशित

इटहरी । सुनसरीकाे इनरूवामा पुर्व राजा ज्ञानेन्द्र शाहलाइ अभिनन्दन कार्यक्रमकाे पूर्व सन्ध्यामा राखिएका श्री ५ लेखिएका ब्यानरहरू स्थानिय प्रसाशनले हटाएकाे छ भने सुरक्षा व्यवस्था कडा बनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएकाे शादा पाेशाकका प्रहरीहरूले पूर्व राजा शाहलाइ अभिनन्दन गरिने बारे चाैक चाैकमा टासेकाे श्री ५ लेखिएका व्यानरहरू हटाएकाे हाे ।
ब्यानर हटाएपछि इनरूवा क्षेत्रमा केहि समय तनाव उत्पन्न भएकाे थियाे । इनरूवामा शाहलाइ राजावादि समुहले नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखेपनि जिल्ला प्रसाशन कार्यालय सुनसरीले भने लिखित अनुमती दिएकाे छैन । प्रसाशनकाे अनुमतीमती बिनै पूर्व राजा शाहलाइ इनरूवामा नागरिक अभिनन्दन गरिने भएपछि अासपासका क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।
अभिनन्दन कार्यक्रम शान्तिपुर्ण ढंगले सम्पन्न गर्न प्रसाशनले माैखिक अनुराेध जनाएकाे छ भने शाहलाइ हिडेर र जनतासंग दाेहाेराे कुराकानी गर्न प्रतिवन्ध लगाएकाे छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाका अनुसार कार्यक्रमबारे जानकारी भएकाे तर प्रसाशनले लिखित अनुमती भने प्रदान नगरेकाे बताए ।
नागरिककाे सुरक्षालाइ मध्यनजर गर्दै प्रहरी तैनाथ गरिएकाे उनले बताए । राजावादि समुहका केहि ब्याक्तिहरूले कार्यक्रमबारे अनुमती मागेकाे तर केन्द्रले नै नदिएकाे उनकाे भनाइ छ । काेशी प्रदेश बिरूद्ध पहिचानवादिहरूले अान्दाेलन चर्काइरहेकाे बेला पूर्व राजा ज्ञानेन्द्र शाहलाइ हिडेर जनतासंग भलाकुसारी गर्न पनि प्रसाशनले राेक लगाएकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments