
सुनसरीमा घास काट्न गएका युवकमाथि गोली प्रहार
- चैत्र २३, २०८१ मा प्रकाशित

इटहरी । सुनसरीको बराहक्षेत्र–१ सूर्यकुण्डका एक युवकमाथि गोली प्रहार भएको छ । आज (शनिबार) दिउँसो १९ वर्षीय निरज राईमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेपछि उनी सिकिस्त अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका छन् ।
घटनापछि राईलाई उनीसँगै घाँस काट्न गएका अन्य व्यक्तिहरूले उद्धार गरी अस्पताल पुर्याएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक विकास राईले एकान्त जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेको बताए । ‘घटनाको विस्तृत अनुसन्धान आवश्यक छ’, उनले भने । प्रहरीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान अगाडि बढाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments