
सुनसरीमा उल्लासमय उम्मेद्वारी दर्ता : कुन क्षेत्रमा कस्काे उम्मेद्वारी
- आश्विन २४, २०७९ मा प्रकाशित
इटहरी । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनकालागि सुनसरीको ४ वटै निर्वाचन क्षेत्रमा उल्लासमय ढंगबाट उम्मेद्वारहरूले उम्मेद्वारी दर्ता गराएका छन ।
राजनीतिक दलबाट टिकट पाएका , पार्टिको निर्णयबाट असन्तुस्ट बनी बागि बनेका र स्वतन्त्रबाट उठेका उम्मेद्वारहरूले सुनसरीको चारै वटा निर्वाचन क्षेत्रहरूमा रहेका निर्वाचन अधिकृितको कार्यालय पुगेर आ आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन ।
सुनसरीका चारवटै निर्वाचन क्षेत्रहरूबाट २१२ जनाले उल्लासका साथ उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । निर्वाचन कार्यालय सुनसरीका अनुसार क्षेत्र नं १ बाट प्रदेश तथा प्रतिनिधिसभाकालागि बिभिन्न दलहरूबाट र स्वतन्त्र गरी ४९ जनाले उम्मेद्वारी दर्ता गराएका छन ।
जसमा प्रतिनिधीसभा तर्फ २० जना प्रदेश सभा सदस्य १ ९क० मा १५ र १ ९ख० तर्फ १४ जना रहेका छन् ।त्यस्तै क्षेत्र नं २ बाट प्रतिनिधि सभा तर्फ २७ जनाले उम्मेद्वारी दर्ता गराएका छन । त्यस्तै क्षेत्र नं २ ९क० अन्तरगत प्रदेश सभा सदस्यमा २० र २ ९ख०मा १० जनाले उम्मेद्वारी दर्ता गराएका छन ।
सुनसरी क्षेत्र नं ३ मा पनि प्रतिनिधि सभा तर्फ २३ जनाले उम्मेद्वारी दिएका छन भने प्रदेश सभा ३९क० तर्फ १३ र ३ ९ख० मा १८ जनाले उम्मेद्वारी दर्ता गराएका छन । यता सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधि सभा तर्फ २५ जनाले उम्मेद्वारी दर्ता गराएका छन भने प्रदेश सभा सदस्य तर्फ ४ ९क० मा १४ र ४ ९ख० मा १३ जनाले दर्ता गराएको जिलला निर्वाचनको कार्यालय सुनसरीले जनाएको छ ।
दर्ता भएका उम्मेद्वार बिरूद्ध२४ गतेसम्म उजुरी गर्ने पाइने छ । २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने २६ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन, र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगको कार्यतालिका छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments