
सुनसरीकाे हरिपुरबाट तस्करीगरी ल्याइएकाे १५ लाख मुल्य बराबरको मोबाइल बरामद
- बैशाख २५, २०८० मा प्रकाशित

इटहरी । सशस्त्र प्रहरीले १५ लाख मुल्य बराबरको मोबाइल बरामद गरेको छ । सुनसरी कोशी गाँउँपालिका – ८ तिनकुने स्थित पूर्व पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट खटिएको टोलीले काठमाडौंबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–०२४ च ६३६१ नम्बरको टाटा गाडी चेकजाँच गर्ने क्रममा बिल बिजकमा उल्लेखित रकम भन्दा फरक विवरण भेटिएपछि १५ लाख ५७ हजार ९३० रुपैयाँ बराबरको मोबाइल सेट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले सवारी र सवारी चालक चालक काभ्रे धुलिखेलका किरण बाग्ले र सह–चालक सोही स्थानका सुमन परियारलाई पनि नियन्त्रणमा लिएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका १३ शिवधारा स्थित कोशी राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट धनकुटा तर्फ जाँदै गरेको प्रदेश ३– ०१–००२ ख २३०४ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा ९२ हजार मुल्य बराबरको कपडा, लेदर ब्याग नियन्त्रणमा लिएको छ ।
त्यस्तै सुनसरी धरानको फुस्रे स्थित कोशी राजमार्गमा धरानबाट संखुवासभा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००१ ख १९६४ नम्बरको यात्रु बाहक बस चेकजाँचका क्रममा ७२ हजार मुल्य बराबरको कपडा बरामद गरेको छ । नियन्त्रणमा लिइएका सामान र व्यक्तिहरुलाई कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments