
सुनसरीकाे राजापाेखरीमा भेन र ट्रिपर जुद्धा एककाे मृत्यु , नाै जना घाइते : ट्रिपर चालक बराहक्षेत्रका जीवन खड्का प्रहरी नियन्त्रणमा
- असार ३१, २०७९ मा प्रकाशित
इटहरी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–१ राजापोखरीमा बिहीबार साँझ टिपर र विङगर भेन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर विराटनगर घर भएका भेनका चालकको मृत्यु भएको हो । भेनमा सवार रहेका अन्य नौ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७३२६ नम्बरको टिपर र प्रदेश १–०२–००१ ज ३९०६ नम्बरको विङगर भेन ठोक्किँदा साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा भेन चालक विराटनगर महानगरपालिका–९ का अन्दाजी ३५–३६ वर्षीय मञ्जु खानको मृत्यु भएको हो । दुर्घटना उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर सप्तरीको रुपनी–४ का ४० वर्षीय रामचन्द्र साह, २२ वर्षीया पूजाकुमारी साह, सुनसरीको इनरुवा–४ की २८ वर्षीय सृजनाकुमारी मेहता, कोसी गाउँपालिका–८ का १८ वर्षीय निरज यादव, सप्तरीको छिन्नमस्ता–५ का ५५ वर्षीय राधाकृष्ण दास, विराटनगर–११ का २४ वर्षीय राहुल देव, ५३ वर्षीया सुशीलादेवी देव, २२ वर्षीया सालिनी देव र भारत विरपुर भीमनगरका ३० वर्षीय अनुभव सिन्हा घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले टिपर चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का अन्दाजी २४ वर्षीय जीवन खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments