
सुनसरीकाे गढी गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा
- असार १७, २०७९ मा प्रकाशित
दुहबी/सुनसरीको गढी गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । बिहिबार गाउँपालिकाको औरावनीमा आयोजित एक कार्यक्रमका बिच गढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चीत पालिका घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका २३ महिनासम्मका सम्पूर्ण बालबालिकाको सर्वेक्षण गर्दा राष्ट्रिय खोप तालिका अनुसार ११ प्रकारका रोग विरुद्धका खोप प्राप्त गरेकाले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको स्वास्थ्य साखाका प्रमुख राजेन्द्र प्रसाद यादबले जानकारी गराउनु भएको हो ।
स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य प्रमुख सागर प्रसाईले सबै प्रकारका रोगको निर्मुल गर्न बालबालिकालाई खोप अनिवार्य भएको बताउनुहुदै जिल्लालाई नै असार मसान्त भित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा तयारी स्वरुप बिहिबार गढी गाउँपालिकालाई घोषणा गरिएको जानकारी दिनुभयो ।
वहाँले गढीमा एक जना पनि खोप लगाउन बाँकी बालबालिका नभएकोले पूर्ण खोप सुनिश्चीत गाउँपालिका घोषणा गरिएको बताउनुभयो । घोषणा कार्यक्रम गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, गढीका उपाध्यक्ष अनिता कुमारी साह, वडा अध्यक्षहरु चन्द्रदेव सरदार, कुशेश्वर यादव, प्रमुख प्रशासकीय अधिकृत भुपध्वज थापा, लेखा अधिकृत दिलबहादुर खड्का लगायत, स्वास्थ्य स्वंयमसेविका र स्वास्थ्यकर्मीको सहभागिता थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments