
सुनको भाउ १५ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
- पुष २१, २०८१ मा प्रकाशित
इटहरी । तीन दिन लगागार ३९ सयले बढेको सुनको भाउ आज (आइतबार) भने तोलामा एक हजार पाँच सयले घटेको छ । शुक्रवारको तुलनामा एक हजार पाँच सय रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशतले बढेको छ । यो वार्षिक वृद्धि सन् २०१० यताको सबैभन्दा धेरै रहेको लगानीसम्बन्धी अन्तराष्ट्रिय सञ्चारमाध्ययम इन्भेस्टिङ डटकमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव अनुसार नै मुल्य समायोजन हुने नेपाली बजारमा पनि २०२४ मा सुनको मूल्य २५ प्रतिशतले बढेको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेकाले नेपाली बजारमा सुनको भाउ कम बढेको देखिएको हो । सन् २०२५ मा पनि सुनको मूल्यवृद्धि कायम रहने विज्ञहरुको अनुमान छ । अमेरिकामा घट्दो ब्याजदरको असरले सुनको मूल्यवृद्धिमा टेवा पुग्ने इन्भेस्टिङ डटकमको अनुमान छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments