
सुधार केन्द्रमा एक व्यक्तिमाथि चरम यातना, प्रहरीले थाल्यो अनुसन्धान
- बैशाख २२, २०८२ मा प्रकाशित

रौतहट । रौतहटको गौर नगरपालिका–४ मा स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले चरम यातना दिइएको पाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । ती व्यक्तिको पैतलामा सेतो पाइप जस्तो देखिने वस्तुले निर्घात कुटपिट भएको भिडिओमा देखिन्छ । तीन जनाले एक व्यक्तिलाई लडाएर समाएका छन् भने अर्का एक व्यक्तिले पैतलामा लाट्ठीले कुटेको देखिन्छ । ४१ सेकेण्ड लामो भिडिओमा कुटपिटबाट व्यक्ति कराएको आवाज नसुनिओस् भन्ने हिसाबले पृष्ठभूमिमा संगीत बजाएको बजाएको सुनिन्छ ।
उक्त भिडिओ गौरमा एक व्यक्तिले सञ्चालन गरेको सुधार केन्द्र रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले बताए । ‘भिडिओ हाम्रो जानकारीमा आएसँगै यसबारे अनुसन्धान अघि बढाएका छौं,’ डीएसपी रायले भने । रायका अनुसार यसका सञ्चालकलाई समेत बोलाएर अनुसन्धान सुरु गरिएको छ । यो सुधार केन्द्रका सञ्चालकलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर घटनाबारे अनुसन्धान अघि बढाइएको उनले बताए । अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए । सो सुधार केन्द्र वीरगञ्जका सुरज साह कानूले चलाइरहेको खुलेको छ । कानूले आफूसँग ब्ल्याकमेल गर्न एक कर्मचारीले भिडिओ बनाएर भाइरल गरेको बताएका छन् ।
उनले भने, ‘आज भाइरल गरेको भिडिओ ७-८ महिना अगाडिको हो । कर्मचारीले नै भिडिओ बनाएर आफूलाई ब्ल्याकमेल गर्न खोजे । मैले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत गरेको छु।’ उनका अनुसार कुट्ने व्यक्ति सिपु पाण्डे हुन् । भिडिओ चाहिँ विकास गुप्ताले खिचेका छन् । यी दुवै जनामाथि सात महिना अगाडि नै प्रहरीमा उजुरी दिएको उनको भनाई छ । कुटिएको व्यक्ति एक महिना मात्रै सुधार केन्द्रमा बसेर गइसकेको पनि सञ्चालक कानूले बताएका छन् । सुधार केन्द्रबाट सिपु र विकासलाई समेत हटाइसकेको उनले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments