
सिराहामा १५ वर्षीया बालिकामाथी सामुहिक बलात्कार : पिडा सहन नसकेपछि आत्महत्या , आरोपी युवकको घरमा शव राखेर स्थानीयद्वारा प्रदर्शन
- असार २३, २०७९ मा प्रकाशित
सामूहिक बलात्कारको शिकार भएपछि घरमै झुण्डिएको अवस्थामा भेटिएकी बालिकाको शव आरोपी युवकको घरमा राखेर स्थानीयले प्रदर्शन गरेका छन् । गाउँलेहरुले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
सिराहाको मिर्चैया नगरपालिका १ मलहनिया गाउँकी करिब १५ वर्षीया पवित्री सदाको शव धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर बुधबार साँझ दाहसंस्कारका लागि गाउँ ल्याइएको थियो ।
धरानमा दाजु जगनारायण सदा र काकाले सद्गत पूर्जी बुझेर शव घरमा ल्याई दाहसंस्कारका लागि घाट लैजाने तयारी गरिरहेका बेला कसैले उचालेर बालिकाको शव दुई आरोपीमध्ये २४ वर्षीय सतिश रजकको घरमा राखेर प्रदर्शन गरिनुले अप्ठ्यारो परेको प्रहरीले जनाएको छ ।
‘प्रहरीले आफ्नो काम गरिरहेको छ, घटनामा संलग्न आरोपी दुवै जनालाई जसरी पनि पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउँछौं’ इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी निरीक्षक हरिप्रसाद ओलीले भने ‘तर प्रहरीले केही नगरे जसरी शवमाथि राजनीति गरिनु राम्रो होइन ।’
मंगलबार बिहान छोरालाई गाउँलेहरु समक्ष उपस्थित गराउने कबोल गरेका आरोपी रजकका बाबु पनि घर छोडेर फरार भएका छन् । दाहसंस्कार गरिनुपर्ने शव आरोपीको घरमा राखेर प्रदर्शन गरिएपछि बुधबार राती १० बजेसम्म प्रहरी, नगर प्रमुख श्रवण यादवसहित स्थानीय गाउँलेहरुको छलफल भएपनि सहमति जुट्न नसकेको घटनास्थलबाट रामनारायण ठाकुरले बताए ।
छलफलमा उपस्थित भएकामध्ये आधाजसोले शव उठाउन सहमति जनाए पनि केहीले आरोपीका बाबु प्रहरीमा हाजिर नभएसम्म शव नउठाउने अडान लिएपछि छलफल अगाडि बढ्न नसकेको उनले बताए ।
मृतक बालिकाको पोष्मार्टम रिपोर्ट आएसँगै घटनाको वास्तविकता खुल्ने भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीका अनुसार सामूहिक बलात्कारको आरोप लागेका रजक र २० वर्षीय विमलेश महरा गाउँबाट फरार रहेकाले खोजीका लागि सम्भावित ठाउँहरुमा प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments