
सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
- बैशाख १०, २०८२ मा प्रकाशित

सिरहा । सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत मधुवनीका १९ वर्षीय राजीव सिंह र सोही मोटरसाइकलको पछाडी सवार १९ वर्षीय प्रिन्स सिंह रहेका छन् । प्रहरीले प्रिन्सको साथबाट सानो कटुवा पेस्तोल कम्मरमा भिरेको अवस्थामा एक थान र सो को गोली एक थान बरामद गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिरहाबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments