
सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजकी पत्नी पक्राउ
- श्रावण ४, २०७९ मा प्रकाशित
काठमाडौँ । काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ ।
काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौँस्थित रामशाहपथबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानूनी कारबाहीका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । उनीहरुको मिलेमतोमा काठमाडौँ महानगरपालिका–१३, सोल्टीमोडस्थित उक्त सहकारी संस्थामा आकर्षक ब्याजदर दिनेलगायत विभिन्न प्रलोभनमा पारी ठूलो सङ्ख्याका बचतकर्तालाई रकम जम्मा गर्न लगाई सङ्गठितरूपमा रु पाँच अर्ब ८४ करोड ४० लाख ठगी भएको खुल्न आएको थियो ।
उक्त सहकारीमा विगत तीन वर्षदेखि बचत गरेको रकमको साँवा तथा ब्याज माग गर्दा नदिइएको भन्दै एक हजार ५३० जना पीडितले ब्यूरोमा ठगी एवं सङ्गठित अपराध कसुरमा जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा अनुसन्धान सम्पन्न गरी ब्यूरोले गत मङ्सिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । हाल प्रतिवादी इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि कारागारमा छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments