
सिन्धुपाल्चोक लागर्चेका विपन्न युवालाई करोडौ राजश्व छलीको मुद्दा
- माघ २३, २०७८ मा प्रकाशित
सिन्धुपाल्चोक:
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ लागर्चेका विपन्न युवालाई करोडौको राजश्व छलीको मुद्दा लागेको छ । तर राजश्व छलीमा फसाउने र राजश्व नतिर्ने ठगहरूले उन्मुक्ति पाएका छन् ।
सिन्धुपाल्चोक लागर्चेका युवाहरूले जागिर र पाँच हजार रुपैयाँको प्रलोभनमा पाँच वर्षअघि अन्जान व्यक्तिलाई आफ्नो नागरिकता दिनुका साथै बैंक खाता खोल्ने र नपढी कागजमा हस्ताक्षर गरेका थिए । पाँच वर्षपछि अदालतले ‘तिम्रो नाममा खोलिएको कम्पनीले १२ करोड राजश्व छली गरेको’ भन्दै भुक्तानीको लागि पत्र काटेपछि २४ वर्षका पुरुषोत्तम धिताल राजश्व छली मुद्दामा कहिले पक्राउ पर्ने त्रासमा छन् ।
धितालसँगै लागर्चे गाउँँका दीपक अधिकारी र दीपक भुजेलको नाममा पनि राजस्व अनुसन्धान विभागले उस्तै व्यहोराको पत्र पठाएको छ । राजस्वले काटेको पत्रमा उनीहरुकोे नामक कम्पनी दर्ता भएर कारोबार भएको छ । तर यी युवाहरू गाउँमा सामान्य मजदुरी गरेर बसिरहेका छन्, कोही काठमाडौं जागिर गर्दै छन्, कोही रोजगारीको लागि विदेशमा छन् ।
सम्पर्कमा आएका १३ जना युवाले गाउँकै युवराज खड्कामार्फत पैसा पाइने लोभमा लक्ष्मण यादवलाई नागरिकता बुझाएको बताएका छन् । राजश्व छलीमा परेपछि राजन भुजेलको दुई वर्षदेखि काम गरेको तलब खातामा रोकिएको छ ।

अदालतका कर्मचारीले उनीहरुको नाममा दर्ता भएको कम्पनीले झन्डै १२ करोड रुपैयाँको कर छलेको र मुद्दा सुरु भएपछि धरौटीमा छुट्दा पनि कम्तीमा २० लाख रुपैयाँ लाग्न सक्ने बताए ।
गाउँका सोझा साझा युवालाई राजश्व छलीको आरोपमा फसाउने लक्ष्मण राय यादव यसअघि किर्ते मुद्दामा तीन वर्ष सजाय पाएका व्यक्ति हुन् । यादव जस्ता व्यक्तिहरुले कम लेखपढ भएका र जागिरको खोजीमा रहेका युवाहरूका नाममा कम्पनी खडा गरी राजश्व छली गरी कानुनी झमेलामा पारेका छन् ।
गाउँका युवाका नाममा कसैले कम्पनी खोलेर करोडौंको राजस्व छली भएको भन्ने घटनाबारे जानकार रहेको लागर्चेका वडाध्यक्ष विष्णु खड्काले बताए ।
मेलम्ची बजारबाट करिब १२ किलोमिटर उत्तरमा रहेको लागर्चेका युवाहरू ठगको जालोमा परेर राजश्व छलीको अभियोग मुद्दामा फसेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments