
सिन्धुपाल्चोकका विपद् प्रभावितको पुनस्र्थापनामा गृहमन्त्रीले बढाए सक्रियता
- बैशाख १, २०७९ मा प्रकाशित
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनामा सक्रियता बढाएका छन् ।
गृहमन्त्रीले मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र विपद् व्यवस्थापन कोष मार्फत निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यलाई गति प्रदान गरेका हुन् ।
हालसम्म सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाको लागि ५ करोड ६ लाख २६ हजार २५० रुपैयाँ पठाइसएिको गृहले जानकारी दिएको छ ।
गृहका अनुसार पुनर्निर्माणका २१४ र पुनस्र्थापनाका ६२५ जना लाभग्राहीको पहिलो किस्ता वापतको अनुदान र अस्थायी आवासतर्फको पहिलो किस्ता वापत गरी ३ करोड ६३ लाख २६ हजार २५० रुपैयाँ पठाइएको छ ।
यस्तै, २८६ लाभग्राहीको अस्थायी आवास निर्माणको लागि १ करोड ४३ लाख रुपैयाँ अनुदान रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको छ । गत चैतको अन्तिम साता बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले थप अनुदान रकम माग तथा वितरण गर्न पनि निर्देशन दिएको छ ।
बैठकले सिन्धुपाल्चोकमा कायम गरिएका ९७६ लाभग्राहीको प्रमाणित विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई आग्रह गरेको छ ।
हालसम्म जुगल गाउँपालिकाका २०८ र मेलम्ची नगरपालिकाका १४१ गरी कूल ३४९ लाभग्राहीलाई मात्र अस्थायी आवास तर्फ अनुदान प्रदान भएको जनाउँदै प्राधिकरणले भुक्तानी दिन बाँकी लाभग्राहीलाई समेत अनुदान उपलब्ध गराउन भनेको छ ।
यस्तै, अनुदान लागत सहभागिताको लागि प्रदेश सरकारले व्यहोर्ने ३० प्रतिशत, महानगरपालिका तथा उपमहानगरपालिकाले व्यहोर्ने २० प्रतिशत, नगरपालिकाले व्यहोर्ने १५ प्रतिशत र गाउँपालिकाले व्यहोर्ने १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइदिन पनि प्राधिकरणले अनुरोध गरेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments