
सिटि मन्टेस्वरीको वार्षिकोत्सव तथा अभिभावक भेलामा प्याकुरेललाई सम्मान
- फाल्गुन १६, २०८१ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीस्थित सिटि मन्टेस्वरीले शुक्रबार विभिन्न कार्यक्रमहरू गर्दै वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। वार्षिकोत्सवकै अवसर पारेर विद्यालयले सामाजिक क्षेत्रमा अहोरात्र खटिएर सडक मानवहरूको उद्धार तथा पुनःस्थापनामा उल्लेखनीय भूमिका खेलेको भन्दै माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेललाई सम्मान गरेको छ।
विद्यालयका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा माया घर नेपालकी अध्यक्ष प्याकुरेललाई दोसल्ला र कदर पत्रसहित सम्मान गरिएको हो। विभिन्न समयमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई वार्षिकोत्सव तथा अभिभावक दिवसकै अवसर पारेर विद्यालयले सम्मान गर्दै आएको छ।
सम्मान ग्रहण गर्दै अध्यक्ष प्याकुरेलले संस्थाको स्थापना उद्देश्यबारे चर्चा गरेकी थिइन्। उनले इटहरी र कोशी प्रदेश मात्र नभई देशभर अलपत्र परेर सडकमा कष्टकर जीवन बिताउन बाध्य असहाय मानवहरूको उद्धारमा समग्र टिम नै लागिपरेको बताइन्। सामाजिक क्षेत्रमा काम गर्दा पाइने सम्मानलाई उनले आशीर्वादको रूपमा लिएको र यसले थप ऊर्जा प्रदान गरेको उल्लेख गरिन्।
कार्यक्रममा साना विद्यार्थीहरूले आफू बसेको घर, टोलमा सरसफाइ नगर्दा तथा जथाभावी फोहोर फाल्दा मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावबारे चेतनामूलक नाटक प्रस्तुत गरेका थिए।इटहरी उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य अमृत बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३०० भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments