
सिंहदरबारमा आज प्रमुख तीन दलका शीर्ष नेताहरूको भेटवार्ता
- चैत्र १०, २०८१ मा प्रकाशित

इटहरी । आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुँदैछ । संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो । बैठक अपराह्न ४ बजे बस्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेण्डा संक्रमणकालीन न्याय भएको बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ । यसअघि संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन भएपनि उक्त कमिटीले सिफारिस नगरी म्याद गुजारेको थियो। पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि नियुक्तिका लागि नाम सिफारिस गर्न सकेको थिएन ।
पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले भने, ‘अस्ती जहाँबाट प्रक्रिया रोकिएको थियो, त्यसलाई अघि बढाउनेबारे छलफल गर्न बैठक डाकिएको हो । बाँकी कुरा उहाँहरूले अघि बढाउनु हुन्छ होला ।’ आजको बैठकमा राजावादीहरुले बढाएको गतिविधि र गणतन्त्रवादी दलहरुको भूमिकाका विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि शीर्ष तीन नेताबीच चैत ६ गते नै बैठक गर्ने तयारी थियो । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको तराई–मधेस जागरण अभियानका लागि काठमाडौँ बाहिर गएपछि भेट हुन सकेन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments