
सार्वजनिक स्थानमा कुकुरले मलमुत्र फालेपछि …
- चैत्र ८, २०७८ मा प्रकाशित
म्याड्रिड: ६ महिनाअघि आफ्नो पाल्तु जनावरले कुनै सार्वजनिक स्थलमा दिसा गर्दा उसको मालिकले ठूलो क्षतिपूर्ति तिर्दा जोकोहीलाई पनि पीडा हुनसक्छ । यस्तै पीडा स्पेनकी एक महिलाले अनुभूति गरेकी छिन् । ६ महिनाअघि एउटा शहरमा घुम्न जाने क्रममा उनको कुकुरले गरेको मलमुत्र नउठाएको भन्दै उनलाई ५७० डलर जरिमाना तोकिएको छ ।
स्पेनको भालिन्सिया क्षेत्रकी ती अज्ञात महिलाअगस्टमा बेनलमाडेनामा बिदा मनाउन जाने क्रममा उनको बुल टेरर (कुकुर) ले गरेको दिसाका कारण उनलाई जरिमाना तोकिएको हो ।
माल्गा प्रान्तको सुमद्री क्षेत्रमा पर्ने शहरमा कुकुरले गरेको फोहर अधिकारीहरुले कसरी थाहा पाए त ? समुद्री किनारमा रहेको मलमुत्र उनकै कुकुरको हो भन्ने अधिकारीले पुष्टि गरेका थिए । कुकुरले गरेको दिसाको डीएनए परीक्षणमार्फत अधिकारीहरुले महिलाको ‘अपराध’ पत्ता लगाएका थिए ।
स्पेनमा नगरपालिकाका कुकुरहरुको डीएनको डाटाबेस राख्ने र संकलन गर्ने विषयमा विज्ञ कम्पनी एडीएन क्यानियोले सन् २०१४ देखि स्थानीय अधिकारीहरुसँग मिलेर काम गर्दै आएको छ ।
कुकुरहरुलाई जथाभावी छोड्न र दुव्र्यवहार हुनबाट जोगाउन डीएनए नमुना अध्ययन गर्नुु कम्पनीको मुख्य उदेश्य हो । तर, ककुरको मलमुत्र नहटाउने कुकुरका मालिक पत्ता लगाउन पनि सोही प्रविधि प्रयोग गर्न सकिन्छ ।
‘कुकुरको आनुवंशिक गणनाले आवश्यक माइक्रोचिप रजिस्ट्रेशनलाई सहयोग गर्ने र जुनसुकुै सहर, प्रान्त वा स्वायत्त समुदायका जनावर भए पनि तिनिहरुलाई एउटा राष्ट्रिय तहमा राम्रोसँग नियन्त्रण गर्न अनुमित दिन्छ,’ एडीएन क्यानिनोका सीइओ इनरिक्यू पेरिग्युल भन्छन् ।
दुर्भाग्यवश सजाय सुनाइएकी महिलाको सन्दर्भमा भने प्याटर्ना शहरले गत सेप्टेम्बरमा कुकुरको डीएनए प्रणाली लागू गरेको थियो । उनले तत्कालै आफ्नो कुकुरलाई त्यसमा दर्ता गरेकी थिइन् । कुकुर हराएको अवस्थामा उनल वीमा दाबी गर्न सक्ने भएकोले पनि उनले हतारमा दर्ता गरेकी थिइन् ।
आफ्नो सो निर्णयले ६ महिनापछि उनैलाई समस्या पार्ला भनेर उनले कल्पनासमेत गरेकी थिइनन् । महिलाले नाभर्रा रोडमा छोडेको कुकुरको मलमुत्रको नमुनालाई बेनलमाडेनाका अधिकारीहरुले संकलन गरेर म्याचका लागि एडीएन क्यानिनो डाटाबेसमा पठाएका थिए ।
कुकुरका मालिक सेवाका लागि दर्ता गर्न खोज्दा सिस्टमले म्याच भएको देखाएकाले उनका नाममा जरिवाना सुनाइएको थियो । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments