
साफ यू–२० च्याम्पियनसिप नेपालले आज भारतसँग खेल्ने
- श्रावण १५, २०७९ मा प्रकाशित
काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले तेस्रो खेलमा आइतवार घरेलु टोलीसँग खेल्दैछ ।भुवनेश्वरमा भइरहेको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे शुरू हुनेछ । नेपाल आजको खेल जित्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिदै छ ।
यसअघिको दुई वटा खेल जितेको टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रने प्रशिक्षक मेघराज केसीले बताए । नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । फाइनल पुग्नका लागि दुवै टोलीलाई यो खेल महत्वपूर्ण छ ।
भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्नेछ दबाब छ । पाँच राष्ट्र सहभागी च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ । सहभागी टोलीले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीले फाइनल खेल्नेछन् ।
तीन खेल जित्दै ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । दुई खेलबाट ६ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । भारत दुई खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ । माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । माल्दिभ्स र श्रीलंकाबीच पनि आइतवार नै खेल हुने छ । उनीहरूबीचको खेल सवा ४ बजे शुरू हुनेछ । माल्दिभ्सले लगातार दुई र श्रीलंकाले लगातार तीन खेल हारेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments