
साफ यू-१९ च्याम्पियनसिप आजदेखि, पहिलो दिन पाकिस्तानसँग भिड्दै नेपाल
- आश्विन ४, २०८० मा प्रकाशित
काठमाडाै । घरेलु मैदानमा आज (बिहीबार) सुरु हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह चरणको पहिलो खेल जित्दै नेपाली युवा टोली अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
घरेलु मैदानमा समर्थकको साथमा नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। नेपाली टोली उमेर समूहमा इतिहास दोहोर्याउने योजनामा छ।
घरेलु मैदानमा इतिहास दोहोर्याउन चाहन्छ नेपाल
साफमा नेपाल मालदिभ्स र पाकिस्तान रहेको समूह एमा छ। समूह चरणको अन्तिम खेलमा नेपाल मालदिभ्ससँग सोमबार दिउँसो साढे १ बजे भिड्नेछ।
आजै हुने पहिलो खेलमा बंगलादेश र भारत भिड्नेछन्। सो खेल दिउँसो साढे १ बजे हुनेछ। समूह बीमा भारत, भुटान र बंगलादेश छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments