
साफ च्याम्पियनसिप : १५ वर्षपछि पाकिस्तानमाथि नेपालको जित
- असार १२, २०८० मा प्रकाशित
काठमाडाैं । आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानविरुद्ध जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा सुखद अन्त्य गरेको छ। भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।
साफमा नेपालले पाकिस्तानलाई सन् २००८ मा हराएको थियो। नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो। जितसँगै नेपालले अंकतालिकामा ३ अंक जाेड्दै तेस्रो स्थानमा रहेर साफको यात्रा अन्त्य गरेको छ। पाकिस्तान भने जीतविहीन भयो।
नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो। आशिषले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्नै कुनै मौका पाएनन्। राष्ट्रिय टोलीमा आशिषको यो डेब्यू गोल हो। एक खेल अगावै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान आजको खेलमा प्रतिष्ठाका लागि लडेका थिए।
पहिलो हाफमा पाकिस्तानलाई केही दबाबमा राखेको नेपालले गोल गर्ने सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। पाकिस्तानका खेलाडीले विमल घर्तिमगरलाई पेनाल्टी डिबक्स एरिया नजिक फाउल गरेपछि रेफ्रिले नेपाललाई फ्रिकीकको अवसर दिएको थियो।
खेलको १३ औं मिनेटमा विमलको फ्री-किक पोष्टको माथिबाट बाहिरिँदा नेपालले अग्रता बनाउने मौका गुमायो। यसअघि शनिबार भारतसँग भएको खेलमा भने नेपाल २-० ले पराजित भएको थियो। समूह चरणको पहिलो खेलमा कुवेतसँग ३-१ को हार ब्यहोरेको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments