
सापटी पैसा फिर्ता नदिएपछि ६२ वर्षीया बृद्धाकाे हत्या
- श्रावण ३२, २०८१ मा प्रकाशित

लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका एक व्यक्तिले पैसा सापटी नदिएको झोकमा एक महिलाको हत्या गरेका छन् । बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका ४७ वर्षीय सुके भनेर चिनिने सुग्गरे सार्कीले पैसा सापटी माग्दा नदिएको झोंकमा चितीकै तिवारीडाँडा बगैंचाकी ६२ वर्षीया वृद्धा सान्नानी घर्तीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङले आज (बिहीबार) सान्नानीको हत्या अभियोगमा पक्राउ परेका सुग्गरेलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार सुग्गरेले सान्नानीसँग ५० हजार रुपैयाँ सापटी मागेको र नदिएपछि खुर्पा (हँसिया) प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएको छ । ‘सुग्गरेले बाबा–आमा बिरामी छन् भनेर सान्नानीसँग ५० हजार रुपैयाँ मागेछन् । सान्नानीले पैसा नभएको भनेपछि सुग्गरेले खुर्पा प्रहार गरेको पाइयोे’ उनले भने । घटनाका बेला सुग्गरेले मादक पदार्थ सेवन गरेको पनि पाइएको प्रहरीले जानकारी दिएको छ ।
सान्नानीलाई हँसिया प्रहार गरी भागेका सुग्गरेलाई प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो साँढे २ बजेतिर समातेको हो । मंगलबार राति साँढे ८ बजेतिर वृद्धामाथि हँसिया प्रहार गरी आफ्नै घर गएर सुतेका उनी बिहान उठेर भागिरहेका बेला प्रहरीले पक्राउ गरेको डीएसपी घलेले जानकारी दिए ।
घटनाबारे जानकारी आएको ६–७ घण्टाको अवधिमा अपराधीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । प्रहरीले पक्राउ गरेका सुग्गरेको घरबाट बुद्धामाथि प्रहार गरेको हँसिया बरामद गरेको थियो ।
हँसिया प्रहारबाट टाउको पछाडि र मुखमा चोट लागेर मृत्यु भएका सानुनानीको शव मंगलबार बिहान साँढे ८ बजेतिर जीपधनीले देखेका थिए । सान्नानी आफू बिरामी रहेको र मंगलबार बिहानै काठमाडौं जानुपर्ने भएकाले उदिपुरसम्म छोड्न भनी सोमबार साँझ जीपचालकलाई फोन गरेकी थिइन् । जीप चालकसँगै जीपधनीले फोन गर्दा पनि नउठेको र हर्न बजाउँदा समेत बाहिर ननिस्किएपछि तगारो खोलेर आँगनमा रगताम्य अवस्थामा सान्नानीको शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिउपर जिल्ला अदालत लमजुङबाट बिहीबार ७ दिनको म्याद थप गरी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान थालिएको छ । घटनास्थल र घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका सुग्गरेको घर हिँडेर २०–२५ मिनेटको दूरीमा छ । मृतक सान्नानीका छोरा कोरियामा छन् । बुहारी र छोरी काठमाडौं बस्छन् । सुग्गरेका तीन छोरा र श्रीमती छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments