
सात वर्षमा मुस्किलले १८ किलोमिटर सडक निर्माण
- श्रावण २८, २०८० मा प्रकाशित

मुगु । उत्तरी सीमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुआत गरिएको थियो ।
गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगु जिल्लाको मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै ‘लाइफ लाइन’ का रूपमा रहेको सो सडक खण्ड ९६ किमीको छ । थोरै मात्रामा बजेट विनियोजित गर्दा वर्षाका समयमा खनिएको सडकमाथिबाट आएको पहिरो पन्छाउन पनि अपुग हुने गरेको बताइएको छ ।
समयमै गमगढी नाक्चेलाग्ना सडक निर्माण हुन नसक्दा कर्णालीवासीको चीनसँग व्यापार गर्ने सपना अधुरै रहेको छ । नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगु मात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ । तत्कालीन जिल्ला विकास समितिमुगका पूर्वसभापति डिल्ली भट्टका अनुसार आफ्नो कार्यकालमा मुगुवासीको मागअनुसार यस सडकलाई उत्तरी नाकामा रहेको देश चीनसँग जोड्नका लागि आव २०६२/६३ मा विस्तृत सर्भेका लागि बोलपत्रमार्फत सर्भे गरेको थियो ।
उक्त सर्भे गर्दा सो सडकको २५ करोड लागत अनुमान गरिएको थियो । देश सङ्घीय संरचनामा गइसकेपछि उक्त सडक सङ्घीय सरकारको मातहतमा राखियो । यसले गर्दा केही वर्ष सडक खन्ने काम अघि बढ्न सकेन । पुनः गमगढी–नाक्चेलाग्ना सडकको ढङ्गेधारासम्म ‘डिपिआर’ गरी विसं २०७३ बाट सडक डिभिजन कार्यालय जुम्लाले बोलपत्र आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको थियो ।
जिल्ला समन्वय समितिका निर्वतमान संयोजक पूर्णबहादुर रोकाया भने, ‘गमगढी–नाक्चेलाग्ना सडक त्रिदेशीय अन्तर्राष्ट्रियस्तरको भएर पनि संघीय सरकारले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाय हो । सदियाैंदेखिको कर्णालीवासीको तिब्वतमा जडीबुडी, ऊन र नुनका साथै भेडा–च्याङ्ग्राको व्यापार विस्तार गर्ने सपना साँघुरिँदै गएको छ ।’
सडक डिभिजन कार्यालय जुम्लाबाट गमगढी–नाक्चेलाग्ना सडकको लागि खटिएका इन्जिनियर वीरबहादुर जिटीले संघीय सरकारले यही तरिकाबाट बजेट छुट्याउने हो भने सडक कहिले निर्माण सम्पन्न हुने हो कुनै टुङ्गो नभएको बताए । सडकको लागि पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेको खण्डमा निर्माण चाँडै सम्पन्न गर्न समस्या नरहेको बताए ।
गत आव २०७८/७९ रु चार करोड ९३ लाख सडक निर्माणमा खर्च भएको थियो भने आव २०७९/८० मा रु चार करोड ४० लाखमा खर्च भएको बताइएको छ । उनले गमगढीबाट मुगुम् कार्मारोङ गाउँपालिका–९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माण पूरा भएकोे जानकारी दिए । हालसम्म सडक निर्माणका लागि करिब रु २० करोडभन्दा बढी रकम खर्च भइसकेको छ । हाल सडक निर्माणको काम थोदुङ क्याराभान जेभी निर्माण कम्पनीले लिएको छ । गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं नागरिक अगुवा सन्तोषकुमार मल्ल भने, ‘गमगढी–नाक्चेलाग्ना सडक निर्माण सम्पन्न गर्न संघीय सरकारले प्राथमिकतामा राख्नु पर्छ । यसका लागि जिल्लाका जनप्रतिनिधिले आवाज उठान गर्नुपर्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments