
साजिदले छाडेपछि ‘कभी इद कभी दिवाली’ काे निर्देशन सलमानले गर्न सक्ने
- चैत्र २८, २०७८ मा प्रकाशित
काठमाडौं: बलिउडमा अभिनेता सलमान खान र साजिद नडियाडवाला मिल्ने साथी हुन् । उनीहरूले मुझसे सादी करोगी, जानेमन जस्ता फिल्ममा सँगै कामसमेत गरेका छन् ।
पछिल्लो समय यी दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो । सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारीसमेत दिएका थिए । यद्यपि अब यो फिल्मको निर्माताको रूपमा साजिद नरहने भएका छन् ।
पछिल्लो समय बागी ३, तड़प र बच्चन पाण्डेले बक्स अफिसमा खराब कलेक्सन गरेपछि साजिद आफ्नो प्रोडक्सनको रिभ्यु गर्न चाहन्छन् । यद्यपि सलमान फिल्मको छायांकन छिट्टै गर्न चाहन्छन् । साजिदले फिल्मको छायांकन पोस्टपोन्ड गर्ने बताएपछि सलमानले आफू मात्र फिल्मको निर्माण गर्ने निर्णय लिएका छन् ।
यो फिल्म अब सलमान खान फिल्म्सको ब्यानरमा बन्नेछ । यसका साथै फिल्मको निर्देशनसमेत सलमान आफैँले गर्न सक्ने बताइएको छ । ‘सलमानले आफैँले निर्देशन गर्न सक्नेछन् । किनकि पछिल्लो केही वर्षयता उनले आफ्नो फिल्मको स्क्रिप्टदेखि पोस्ट प्रोडक्सनको कामसम्म नियाल्ने गरेका छन्,’ सलमानका नजिकका एक निर्माताले भने । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments