
साकेलामा सहिद स्तम्भ पार्क निर्माण
- फाल्गुन २७, २०७८ मा प्रकाशित
खोटाङ: खोटाङको साकेला गाउँपालिकाले सहिद स्तम्भ पार्क (उद्यान) निर्माण गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका ७३ जनाको सम्मान र सम्झनामा साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङमा सहिद स्तम्भ पार्क निर्माण गरिएको हो ।
प्रदेश सरकारको क्रमागत योजना अन्तर्गत चालु आर्थिक वर्ष विनियोजित १५ लाखको खर्चमा गाउँपालिकाले सहिद स्तम्भ, पार्क र प्रवेशद्धार निर्माण गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताले सेल्टरका रुपमा प्रयोग गरेको तावाभञ्ज्याङमा सहिद पार्क निर्माण गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले बताए । पार्कमा खोटाङका जनयुद्धका प्रथम सहिद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सहिद मनोज जोशीको नाम उल्लेख गरिएको छ ।
माओवादीको सुरक्षित सेल्टर मानिएको तावाभञ्ज्याङ नजिकै पाँचधारेमा ८ असार २०६२ मा सुरक्षाकर्मीसँग दोहोरो भिडन्त भएको थियो । सो भिडन्तमा माओवादीका कम्पनी कमाण्डर सर्वधान राई ‘अग्नि’सहित १० जना र नेपाली सेनाका १३ जना जवानले ज्यान गुमाएका थिए । देश र जनताका लागि आफ्नो ज्यान बलिदान दिने सहिदको सम्मान एवं पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवर्द्धनका लागि सहिद स्तम्भ पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।
सहिद पार्क निर्माणस्थलको दायाँबायाँ करीब १० रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा चियाका आठ हजारबिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकेको छ । -न्यूज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments