
साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्ड
- फाल्गुन २९, २०७८ मा प्रकाशित
रिहाद: साउदी अरेबियाले शनिबार भनेको छ कि उसले विभिन्न आतंकवादसम्बन्धी अपराधहरूमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिइएको यो संख्या सन् २०२१ दिइएको कुल संख्याभन्दा बढी हो ।
देशको आधिकारिक साउदी प्रेस एजेन्सीका अनुसार मृत्युदण्ड पाउने सबै जना अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट, अल—कायदा, हुथी र अन्य अतिवादी संगठनमा आबद्ध रहेका थिए । उनीहरुले महत्वपूर्ण स्थानमा आक्रमणको षडयन्त्र गरेको र देशमा हतियार ओसारपसार गरेको सरकारले दाबी गरेको छ ।
यसैबीच, मुक्त ब्लगर र मानवअधिकार कार्यकर्ता राइफ बदावीलाई १० वर्षको यात्रा प्रतिबन्ध लगाइएको छ । ब्लगर वदाबी विश्वभर स्वतन्त्रता र अभिव्यक्तिको प्रतीक बनेका छन् ।
इस्लाम धर्म अपमान गरेको अभियोगमा ३८ वर्षीय बदाबीलाई सन् २०१२ मा पक्राउपछि जेल चलान गरिएको थियो ।
गृहमन्त्रालयका एक अधिकारीको भनाई उदृत गर्दै एएफपीले लेखेको छ, ‘ राइफलाई १० वर्षको जेल सजाय सुनाइएको थियो र त्यसपछि सोही अवधिको लागि यात्रा प्रतिबन्ध लगाइएको थियो । अदालतको फैसला अन्तिम हुन्छ ।’ -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments