
सांसद खडका चढेकाे स्कोरपियो धनकुटामा दुर्घटना : धरान–धनकुटा सडक नै अवरुद्ध, सयाै यात्रु अलपत्र
- मंसिर १७, २०८० मा प्रकाशित

इटहरी । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक नै अवरुद्ध बनेको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।
संखुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको साँगुरीगढी गाउँपालिकाको कोलबोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२–०३–००१ क १५२१ नम्बरको टिपरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिए ।
सडकबाट दुर्घटनाग्रस्त गाडी र ट्रक निकाल्न समस्या भएका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भई रहेको जनाएको छ । शनिबार साँझ खड्का सवार गाडी दुर्घटना भएको थियो । दुर्घटनामा उनीसहित दीपक लिम्बू, लभकुमार श्रेष्ठ र चालकसहित पाँच जना सवार गाडी थिए । घाइते हुनेमा टिपरका सहचालक सर्लाहीका २२ वर्षीय देवेन्द्र कुसवहाको उपचार भई रहेको छ भने बाँकी सामान्य छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments