
सांगठनिक कार्यविभाजन छाडेर एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग
- फाल्गुन २०, २०७८ मा प्रकाशित
काठमाडौं: अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ ।
गत पुस १३-१९ मा सम्पन्न महाधिवेशनले ‘संशाेधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको तर अचानक अध्यक्ष प्रचण्डले ‘व्याख्यात्मक घोषणा’को भरमा अनुमोदन गराउन निर्देशन दिएपछि श्रेष्ठ पक्षले सोही विषयलाई छलफलको प्राथमिकतामा राख्नुपर्ने माग राखेको हो ।
‘महाधिवेशनपछि सांगठनिक जिम्मेवारी बाँडफाँटका लागि केन्द्रीय कमिटी बस्ने भनिएको थियो तर अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराउने निर्णयमा पुग्नुभयो’ श्रेष्ठ निकट केन्द्रीय सदस्य प्रकाश पोखरेलले भने, ‘सांगठनिक जिम्मेवारी बाँडफाँटको विषयमा कुनै पनि गृहकार्य नभएको र जल्दोबल्दो रुपमा एमसीसी आएकाले पहिला यसै विषयमा छलफल हुनुपर्ने हाम्रो माग छ ।’ उनका अनुसार एमसीसीका बारेमा छलफल भएपछि मात्रै अन्य विषयमा प्रवेश गर्नुपर्ने सो पक्षकाे निष्कर्ष रहेको छ ।
‘अध्यक्षले महाधिवेशनकाे निर्णयविपरीत एमसीसीको पक्षमा किन उभिनु भएको हो ? त्यसका बारेमा चित्त बुझ्दो प्रस्टीकरण दिनुपर्छ, नभए नारायणकाजी श्रेष्ठले आफ्नाे लिखित राय बैठकमा राख्नु हुनेछ,’ पोखरेलले भने । बैठक आजै ११ बजे राष्ट्रियसभा गृहमा बस्दैछ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments