
सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी
- फाल्गुन ८, २०७८ मा प्रकाशित
खोटाङ: वर्ष दिनअघि खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १७ वर्षीया किशोरी कविता वनले स्यानेटरी प्याड बनाउने तालिम लिइन् । तालिममा सिकेको सिपलाई उनले आफुमा मात्र सिमित गरिनन् । कविताले गाउँका किशोरी तथा महिलालाई पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउन र प्रयोग गर्न सिकाइन् । प्याड बनाउन सिकाउने क्रममा मिलेको हौसलाले उनमा थप जोस र जाँगर पलाएकाे बताइन् ।
त्रिभुवन मावि ऐसेलुखर्कबाट कक्षा १२ उत्तिर्ण गरेपछि गत मंसिरमा काठमाडाैं पुगेकी कविताले काठमाडाैंमा पनि पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउने प्रशिक्षकको जिम्मेवारी पूरा गर्न छाडेकी छैनन् । लियो क्लब अफ काठमाडाैं आनन्दभैरवले शनिबार आयोजना पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड निर्माणसम्बन्धी तालिममा कवितालाई नै प्रशिक्षकका रुपमा निम्त्याइयाे । सिद्ध कलेज, काठमाडाैंमा आयोजना गरिएको तालिममा कविताबाट एक दर्जन किशोरकिशोरीले स्यानेटरी प्याड बनाउने सिप सिकेका छन् ।
कविताले तालिममा सहभागी किशोरकिशोरीलाई घरेलु सामग्री प्रयोग गरेर स्यानेटरी प्याड बनाउने र प्रयोग गर्ने विधि सिकाएकी छिन् । उनले सुति, कटन जस्ता नरम कपडाबाट सियो र धागोले सिलाएरै प्याड तयार पार्न सिकाउने गरेकी छिन् । घरमै तयार पारिएको प्याड एक वर्षसम्म पुन: प्रयोग गर्न सकिने भएकाले महिलाका लागि उपयोग हुने कविता बताउँछिन् । स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य कविता हाल जिपी मेमोरियलमा कलेज, काठमाडाैंमा स्तानक पहिलो वर्षमा अध्ययनरत छिन् ।
कविताले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित शिशु माविमा कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत ३७ छात्रालाई सहभागी गराएर गत १२ वैसाखमा स्यानेटरी प्याड बनाउने तालिम सञ्चालन गरेकी थिइन् । त्यसअघि पहिलो चरणमा आफ्नै गाउँ रैकर टोलका दिदि, आमादेखि हजुरआमा उमेर समुहका २५ महिलालाई र दोश्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments