•  ९ चैत्र २०८१
  •  6:06:44 PM

सहकारीमा वृद्धि गरिएको आयकर घटाउन एमालेको माग

- जेष्ठ २२, २०७९ मा प्रकाशित



काठमाडौं / सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सहकारी क्षेत्रमा बढाएको आयकर घटाउन नेकपा एमालेले माग गरेको छ ।

एमाले पार्टी मुख्यालय ललितपुरमा हिजो शनिबार बसेको नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको वैठकले सरकारले सहकारी क्षेत्रमा बढाएको आयकरका सम्बन्धमा गम्भीर ध्यानाकार्षण भएको जनाउँदै तत्काल आयकर समायोजन गर्न माग गर्ने निर्णय गरेको हो ।

सहकारी ऐनमा व्यवस्था भएअनुरूप सहकारी क्षेत्रको आयकरको व्यवस्था गर्न विभागले आग्रह गरेको छ । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि तत्काल आयकर समायोजन गर्न माग गरिएको एमाले पोलिटव्यूरो सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभाग प्रमुख कमल चौलागार्इंले जानकारी दिए ।

‘संविधानमा भएको तीनखम्बे अर्थनीति तथा सहकारी ऐन २०७४ को व्यवस्थाविपरीत सरकारले सहकारी क्षेत्रमा आयकर बढाउने निर्णय गरेर सहकारीको विपक्षमा काम गरेको छ,’ एमाले नेता चौलागाईंले भने, ‘समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारी क्षेत्रको प्रवद्र्धन आवश्यक छ र त्यसका लागि सरकारले सहकारी क्षेत्रलाई प्रभावकारी रूपमा सञ्चालन हुने वातावरण सृजना गर्नुपर्छ ।’

एमालेको दशौँ महाधिवेशनबाट गठित केन्द्रीय समितिले गठन गरेको सहकारी विभागको पहिलो वैठक पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हिजो सम्पन्न भएको हो ।

Comments

सम्बन्धित खवर