
सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच, हर्कत गर्ने पाँच परीक्षार्थीलाई लोकसेवाले लगायो एक वर्षे प्रतिबन्ध
- फाल्गुन १८, २०७८ मा प्रकाशित
काठमाडौं: सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।
उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्काे परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय आयाेगले गरेकाे छ ।
रामेछापको उमाकुण्ड गाउँपालिकाका प्रकाश श्रेष्ठले उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरी अर्काे परीक्षार्थीको विवरण लखेको पाइएको आयोगले जनाएको छ ।
त्यस्तै, सर्लाहीका रवी रन्जनले चिट चोरेको पाइएको छ भने जाजरकोटका जयबहादुर बढाले सिंगै पाना चिट मूल उत्तरपुस्तिकामा स्टिच गर्न खोजेका थिए ।
सुर्खेतका भूपेन्द्र वलीले सुरुमा आफ्नो विवरण लेखेर परीक्षा दिएका थिए । तर, उत्तरपुस्तिका बुझाउँदा केरमेटर गरेर गणेश वलीको नाम लेखेको पाइएको छ । सोही ठाउँका गणेश वलीले भने उत्तरपुस्तिका केरमेट गरेर भूपेन्द्र वलीको नााम लेखेर उत्तरपुस्तिका बुझाएको पाइएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments