
सवारीको ठक्करबाट दुई हरिणको मृत्यु
- असार २६, २०८० मा प्रकाशित

पथरी । मोरङको पथरी शनिश्चरेमा दुई वटा हरिण मृत अवस्थामा फेला परेका छन् । सोमबार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर डाँडामा सवारीको ठक्करबाट दुई हरिणको मृत्यु भएको हो ।
पशुपति सामुदायिक वनको संरक्षणमा रहेको हरिणको बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएका कारण मृत्यु भएको सवडिभिजन वन कार्यालय पथरी शनिश्चरेका प्रमुख दिवसकुमार चौधरीले जानकारी दिए । कुन सवारीले ठक्कर दियो भन्नेबारेमा पुष्टि नभएको र थप अनुसन्धान अगाडि बढाइएको चौधरीले बताए ।
पशुपति सामुदायिक वनले ११ महिनादेखि ती हरिणलाई संरक्षण गरेको थियो । एउटा बच्चा र अर्को गर्भिणी पोथी हरिण मरेका हुन् । सवडिभिजन वन कार्यालय पथरी शनिश्चरे मातहतमा एक महिनाभित्र पाँच वटा दुर्घटना भएका छन् । चार दुर्घटनामा पाँच वटा हरिणको मृत्यु भएको छ भने एउटा सिकारीले मारेको तथ्याङ्क छ । जङ्गली क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाउनु, वन्यजन्तुका विषयमा सवारी चालकलाई चेतनाको अभाव हुनुले वन्यजन्तुसम्बन्धी दुर्घटना बढ्दै गएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्काले बताए ।
पछिल्लो समय मानिसमा जनचेतनाको कमी हुनु, जङ्गलमा आगो लगाउनु र सिकारी बढ्न थालेपछि वन्यजन्तु बस्ती आसपास निस्कने गरेका छन । चरन क्षेत्रको अभाव हुनुका साथै वन्यजन्तु चोरी सिकारी र दुर्घटनामा कडाइ नहुँदा यस्तो घटना बढ्दै गएको छ । रासस

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments