
सरकार छाड्दै नागरिक उन्मुक्ति पार्टी
- बैशाख १७, २०८२ मा प्रकाशित

इटहरी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकार छाड्ने भएको छ । पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकार छाड्ने तयारी गरेको हो। ‘सरकार चाहिँ हाम्रा नेता पक्राउ गर्ने अनि हामीले चाहिँ समर्थन दिइरहनु पर्ने अनि सरकारमा बसिरहनु पर्ने ? त्यस्तो हुँदैन, हामी चाँडै सरकारबाट बाहिरिन्छौं । आजै पार्टीले यसबारे निर्णय गर्छ’, पार्टी प्रवक्ता दामोदर पण्डितले भने ।
चौधरी बिहीबार (आज) मात्रै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा सभामा सहभागी हुन पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । नाउपाबाट अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments