
समुदायमा कांग्रेस अभियान : सुनसरीकाे १२४ वटै वडामा खटिए जिल्लाका नेता र कार्यकर्ता
- माघ १७, २०८० मा प्रकाशित
सुनसरी । नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो ।
पार्टीको केन्द्रीय परिपत्रअनुसार समुदायमा कांग्रेस अभियान कार्यक्रमका लागि जिल्लाको सबै वडामा प्रतिनिधि खटाइएको पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।
केन्द्रीय कार्य समितिले जिल्लामा पठाइएको केन्द्रीय प्रतिनिधि प्रदीपकुमार सुनुवारसहितको उपस्थितिमा भएको छलफल कार्यक्रमबाट सबै वडाका लागि प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो ।
वडामा गएको प्रतिनिधिले वडा तहमा रहेको जनताको समस्या, समाधानको उपाय, पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टीका कार्यकर्ताबिचमा रहेका मतभेद, कृषि, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका समस्या समाधानका लागि पहल गर्ने पार्टीका जिल्ला प्रवक्ता साहले जानकारी दिनुभयो ।
कार्यक्रम पार्टीका जिल्ला सभापति केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि सुनुवारसहित पार्टीका नगेशचन्द्र राई, पङ्कज महतो, सञ्जय श्रेष्ठ, सिताराम मेहता, राजन मेहता, सुदिप अधिकारी, युवराज दाहाल, विभिन्न पालिकाका सभापतिलगायतको सहभागिता थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments