
समाचार प्रसारण हुँदा हुँदै जब रुसी टेलिभिजकी कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाइन..
- चैत्र १, २०७८ मा प्रकाशित
मस्को: रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा टेलिभिजनकी एक कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाएकी छिन् । मस्कोको स्थानीय समयअनुसार राती साढे ९ बजेको समाचार प्रसारणमा कर्मचारीले समाचार प्रस्तोताको पछाडिबाट प्लेकार्ड देखाएकी हुन् ।
‘युद्ध होइन । युद्ध रोक । प्रचारमा विश्वास नगर्नुहोस्, तिनीहरूले यहाँ झुटो बोल्छन्,’ प्लेकार्डमा लेखिएको छ । त्यस्तै प्लेकार्डको अन्तिममा लाइनमा लेखिएको छ, ‘रुसीहरु युद्धको विरोधमा छन् ।’
प्लेकार्ड देखाउने महिला टेलिभिजनकी कर्मचारी भएको त्यहाँको स्वतन्त्र मानव अधिकार अनुगमन समूह ओभीडी–इन्फोले जनाएको छ । समूहका अनुसार विरोध गर्ने कर्मचारीको नाम म्यारिया ओभस्यानिकोभा हो । उनी अहिले प्रहरी नियन्त्रणमा रहेको सीएनएनले जनाएको छ ।
रुसी समाचार संस्था तासले ओभीडी–इन्फोको रिपोर्ट पुष्टि गर्दै ती युवतीविरुद्ध अभियोग लगाइन सक्ने जनाएको छ । प्रसारणमा बाधा पुर्याउनुअघि ओभस्यानिकोभाले युद्धको विरोधमा बनाएको एउटा भिडियोे प्राप्त गरेको सो समूहले जनाएको छ ।
‘युक्रेनमा अहिले जे भइरहेको छ त्यो अपराध हो । रुस आक्रमणकारी देश हो । यो आक्रमकताको जिम्मेवारी केवल एउटा व्यक्तिको अन्तस्करणमा छ । त्यो मान्छे भ्लादिमिर पुटिन हो ।’ भिडियोमा उनले भनेकी छिन् ।
उनका बाबु युक्रेनी र आमा रुसी नागरिक भएको सीएनएनले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments