
सनातन हिन्दु राष्ट्रकाे लागि एक हुनैपर्छ : जगतगुरू बालसन्त
- बैशाख १, २०८२ मा प्रकाशित

इटहरी ।नेपालका प्रथम ऐतिहासिक जगत गुरू बालसन्त माेहन सरण देवाचार्यले मुलुकमा हिन्दु राष्ट्र स्थापनाकालागि अब सबै तत्व एक हुनुपृने समय अाएकाे बताएका छन । नयाँ वर्ष २०८२ काे पुर्व सन्ध्यामा अाइतबार साझ सुभकामना शन्देश जारी गर्दे जगत गुरू देवाचार्यले यस्ताे बताएका हुन । सुनसरीकाे चतराधाम स्थित जगतगुरु पीठमा आयोजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै जगत गुरू देवाचार्यले देशमा जे जति राजनीतिक अस्थिरता र अान्दाेलन भइरहेकाे छ सबै हिन्दु धर्म बिस्थापित हुनुकाे कारण रहेकाे उल्लेख गरे । अब सबै राजनितिक दल , धार्मिक संस्था , सामाजिक संस्था लगायत समस्त देशवासिहरू सनातन हिन्दु राष्ट्र स्थापनाकालागि एक हुनुपृने अवस्था अाएकाे उनले बताए ।
“नेपाल अनादिकालदेखि नै वैदिक सनातन संस्कृतिको उद्गम स्थल हो। यो देश विश्वका अर्बौँ हिन्दुहरूको आस्थाको केन्द्र हो, जसलाई पूर्वीय वाङ्मयले मुक्तकण्ठले प्रशंसा र स्तुति गर्दै आएको छ। परशुराम कुण्ड, वैद्यनाथ, बडी मालिका, छाँयानाथ, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, वराहक्षेत्र र कुम्भनगरी चतराधामजस्ता पौराणिक तीर्थस्थलहरूले नेपाललाई धार्मिक र सांस्कृतिक गौरवले श्रृङ्गारित गरेका छन्।”उनले थपे
उनले थपे, “विश्वका एक अर्ब दश करोड हिन्दुहरूको साझा आस्था र गौरवको केन्द्रको रूपमा नेपाल एक मात्र सनातन हिन्दु राष्ट्रको रूपमा पुनःस्थापना हुनुपर्छ। यसका लागि राष्ट्रिय सहमतिका आधारमा जनताको धार्मिक आस्थालाई सम्मान गर्दै सरकार, राजनीतिक दलहरू, समाजका विविध पक्षहरू र हिन्दु राष्ट्र स्थापनार्थ क्रियाशील राष्ट्रभक्तबीच सहकार्य आवश्यक छ।”
वक्ताले मुलुकलाई द्वन्द्व र हिंसाबाट जोगाउन सबै पक्षसँग संवाद र सहमतिका माध्यमबाट समाधान खोज्न आग्रह गर्दै, राष्ट्रिय एकता र शान्तिको मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments