
सत्र वर्षदेखि बेपत्ता छोरो फर्कने आशामा ७१ वर्षे आमा
- भाद्र २३, २०७९ मा प्रकाशित
इलाम । सन् २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलको यो गितले निकै चर्चा पायो । वैदेशिक रोजगारीमा गएको छोरा, श्रीमान् बाकसमा आउँदाका परिवार र श्रीमतीमा पर्ने पीडा दृश्यमा समेटिएको म्युजिक भिडियोमा आम मानिसहरुले आफ्नो पीडा भेटेपछि धेरैलाई गीतले छोएको हो ।
देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशिनु नौलो कुरा रहेन । प्रकाश सपुतको गीतमा जस्तै बाकसमा भरिएर आउनेको थुप्रै छन् । कतिपय त विदेशीएका अहिलेसम्म सम्पर्कविहीन बनेका छन् । पाँचथरको यासोक घरभएका मानबहादुर खुलाल २०६२ सालमा कतार जान घरबाट हिँड्दा १८ वर्षका थिए । घरबाट हिँडेपछि १ वर्षसम्म उनी परिवारको सम्पर्कमै थिए । त्यस यता भने उनले न घरमा सम्पर्क गरे, न परिवारले खोजी गर्दा उनलाई भेट्नै सकेको छ ।
७१ वर्षीया ठगीमाया खुलालको दुई दशक कान्छा छोरा घरआउने आशामा बितिसकेको छ । आमालाई खुसी राख्ने सपना देखाएर पैसा कमाउन विदेश हान्निएको कान्छो छोरो अहिलेसम्म सम्पर्कविहीन छन् । काखको छोरो आमालाई खुसी राख्न आउँछ भन्ने आमाको आशा अझै हराएको छैन ।
छोरो सम्पर्कवीहिन बनेदेखि उनका आँखा ओभाएका छैनन् । ठगीमाया यतिका समय बितेपनि काखको छोराको खबर आएन भन्दै गहभरी आँशु पार्छिन् । उनलाई अहिले, भरे नै टुप्लुक्क आएर आमा भनिहाल्छ कि भन्ने मनमा लागिरहेको छ । आँखाभरी आँशु पार्दे जतिबेलै आँगनतिर हेरिरहन्छिन् ।
‘घरको आर्थिक अवस्था कमजोर भएकाले छोरो कमाउन विदेश हिड्यो । अहिले अत्तोपत्तो छैन,’ ठगीमाया भन्छिन् ‘छोरो विदेशिएपछि बाबुपनि बिते, दुःखमाथि दुःख खप्टियो, तरपनि अझै टुप्लुक्क आउँछ कि जस्तो लाग्छ ।’
हराएको छोरा भेटाइदिने उनीसँग एउटै मात्र विश्वास छ भगवान । त्यसैले उनी दिनहुँ भगवान पुकार्छिन् । भन्छिन् ‘म दिनै भगवान पुकारिरहेकी छु, छोरो जहाँ भएपनि एकदिन घर आइपुग्छ, पक्कै भगवानले मेरो इच्छा पूरा गर्नेछन् ।’
‘बुढेसकालमा त्यही छोराको चिन्ताले धेरै पिरोलेको छ । इलाममै रहेकी मानबहादुरकी दिदी मीना आफ्नो भाइ नेपालै फर्किएको खबरसम्म आएपनि सम्पर्क हुन नसकेको बताउछिन् । ‘बेपत्ता भएको केही समयपछि भाइ (मानबहादुर) नेपालै फर्किएका छन् भन्ने खबर त आयो तर, अहिलेसम्म पत्तो लागेको छैन ।,’ उनले भनिन्, ‘भाइ बेपत्ता भएयता आमाको आँसु अडिएको छैन, भाइ हराएपछि बुबा (मित्रबहादुर) को पनि निधन भयो ।’ मानबहादुरलाई घर फर्किन परिवारजनले मिडियामार्फत् नै आग्रह पनि गरे अहिलेसम्म फेला परेनन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments