
सडक मर्मत राेक्न माग गर्दै मोरङ बुढिगंगाका एक पुरुष ६ घण्टादेखि हाइटेन्सन लाइनमा , अध्यक्ष , उपाध्यक्ष नआएसम्म नझर्ने अडान
- बैशाख ३०, २०८० मा प्रकाशित

मोरङ । मोरङको बूढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाईनमा चढेका छन् । बूढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् ।सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै आज विहान ६ बजे हाइटेन्सन लाइनमा चढेका हुन् ।
उनलाई उतार्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै काम रोक्न उनी चढेका थिए । उनलाई उतार्नका लागि परिवार, आफन्त, प्रहरीले र वडाध्यक्षले प्रयास गरेका थिए ।
तर उनले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनु पर्ने माग गरेका छन् ।
अध्यक्ष र उपाध्यक्ष भने धनकुटामा छन् । ‘उद्दारका लागि हामी चढ्दा हाम फाल्ने डर छ, उहाँले अध्यक्ष नै आउनुपर्छ भन्नु भएको छ’, डिएसपी दाहालले भने, ‘अध्यक्ष उपाध्यक्षज्यूलाई चाडो आइदिनुहोस् भनेका छौं ।’ उनले आफ्नो मागलाई वेवास्ता गरे आत्महत्या गर्ने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments