
सञ्चार माध्यम तथा पत्रकार अनुगमनका लागि समिति
- बैशाख ५, २०७९ मा प्रकाशित
खोटाङ: खोटाङमा आसन्न स्थानीय तहको निर्वाचनका समयमा सञ्चार माध्यम तथा पत्रकारको अनुगमनका लागि समिति बनाइएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका बेला जिल्लाका सञ्चार माध्यम तथा पत्रकारले सम्प्रेषण गर्ने समाचार सामग्री अनुगमनका लागि नेपाल पत्रकार महासंघको पहलमा तीन सदस्यीय अनुगमन समिति बनाइएको हो ।
महासंघको बैठकले पत्रकार कृष्ण आचार्य, महासंघका पूर्वअध्यक्षद्वय डम्बरसिंह राई र दमन राई रहेको अनुगमन समिति गठन गरेको हो । निर्वाचनका समयमा सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्दै मर्यादित पत्रकारिताका लागि अनुगमन समिति गठन गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए ।
समितिलाई निर्वाचनका समयमा पत्रकार आचार संहिताको पालना भए/नभएको, पत्रकार आचार संहिता तथा निर्वाचन आचारसंहिता उल्लंघन भए/नभएको, सत्य, सन्तुलित र बिश्वसनीय समाचार सम्प्रेषण गरे/नगरेको विषयमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments