
सङ्खुवासभामा प्रतिनिधिसभाका लागि १२ जनाको उम्मेदवारी
- आश्विन २४, २०७९ मा प्रकाशित
सङ्खुवासभा । सङ्खुवासभामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ।
प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का, नेकपा (एमाले)का राजेन्द्रप्रसाद गौतम, , राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तनारायण श्रेष्ठ, मङ्गोल नेशनल पार्टीबाट देवेन्द्रकुमार घले र राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टीकाराम शाही, जनता समाजवादी पार्टीबाट दीपककुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलामान कार्की, नेशनलिष्ट पिपल्स पार्टीबाट विनोद घिमिरे र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बूले उम्मेदवारी दिए।स्वतन्त्रतर्फ प्रवीन कार्की र तेन्जि भोटियाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए।
प्रदेश सभा (क) मा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको छ। प्रदेश सभा (क) मा प्रदेश सदस्यका लागि गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट राजेन्द्र कार्की, नेकपा (एमाले)बाट भविश्वर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट घामसिंह राई र जनता समाजवादी पार्टी नेपालबाट सीताराम तिम्सिनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रमोद श्रेष्ठ र नेशनलिष्ट पिपल्स पार्टीबाट मिनेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ। स्वतन्त्रमा वीरेन्द्रकुमार राईले मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा (ख) तर्फ स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ। गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सरिता थापा, एमालेको तर्फबाट बिदुरकुमार लिङ्थेप, मङ्गोल नेशनल पार्टीबाट माया गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट पदमबहादुर जोशीले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै जनता समाजवादी पार्टीबाट पूर्ण शेर्पा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ङिमारिञ्जी शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालप्रसाद दाहालले उम्मेदावरी दर्ता गराउनुभएको छ। प्रदेशसभा (ख) तर्फ मानबहादुर कार्की र प्रेमबहादुर लिम्बूले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ। जिल्लामा एक लाख १६ हजार पाँच सय ५४ मतदाता छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments