
सगरमाथा विमानस्थलका लागि धमाधम रुख छपान
- फाल्गुन ५, २०७८ मा प्रकाशित
उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका– १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अघि बढेको छ ।
बहुप्रतिक्षारत उदयपुरको त्रियुगा नगरपालिका– १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि रुख छपानको काम सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा प्रस्तावित सगरमाथा आन्तरिक बिमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने वन तथा भू संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच गत २४ माघमा सम्झौता भएपछि बिमानस्थल निर्माण हुने प्रक्रिया अघि बढेको हो ।
राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले सगरमाथा विमानस्थल राष्ट्रिय प्राथमिकता प्राप्तमा राखेर काम अघि बढाएको थियो ।
निर्माण स्थलमा रहेका रुख कटान गर्न वन तथा भू संरक्षण बिभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच ०७८ माघ २४ गते भएको सम्झौतापछि रुख छपानको काम अघि बढेको हो । सम्झौतामा विमानस्थल निर्माणका लागि १ सय ५६ दशमलव ११ हेक्टर क्षेत्रफलमध्ये १ सय ५ दशमलव १० हेक्टरमा रहेको रुख मात्र छपान गरी हटाउने उल्लेख गरिएको छ । बाँकी रहेको ५० दशमलव ४१ हेक्टरको कटान गर्न नपाउने उल्लेख गरिएको छ ।
बिमानस्थल निर्माण गर्ने शिवालय धार्मिक वन उपभोक्ता समूहको ०.५२ हेक्टर क्षेत्रमा १७८ वटा रुख कटान गर्नु पर्ने कंग सामुदायिक वन उपभोक्ता समुहका ७२.३५ हेक्टर क्षेत्रमा १२ हजार ६ सय ३८ वटा रुख कटान गर्नु पर्ने र मोतियाही सामुदायिक वन उपभोक्ता समूह ८३.२४ हेक्टर क्षेत्रमा ५ हजार ६ सय ७ वटा रुख कटान गर्नु पर्ने रहेको छ ।
सम्झौता अनुसार १ सय ५ दशमलव १० हेक्टरको मात्र रुख कटान गरि बाँकी रहेको ५० दशमलव ४१ हेक्टरमा हरियाली कायम गर्ने उल्लेख गरिएको छ । सगरमाथा आन्तरिक विमानस्थल आयोजना प्रमुख हिमज्योति थापा सहितको टोली अहिले निर्माण स्थलमा रुख छपान तथा कटानको काम थाल्न आएकाे छ । ३ फागुनदेखि विमानस्थलको सिमाङ्गकन तथा रुख छपानको काम अघि बढाएको परराष्ट्रयमन्त्री डा. नारायण खड्काको सचिवालयका लिला भट्टराईले जानकारी दिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments