
संरक्षणकाे अभावमा लथालिंग टक्सारका सम्पदा
- भाद्र २०, २०७९ मा प्रकाशित
भोजपुर । भोजपुरको ऐतिहासिक टक्सार बजारमा रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठ–मन्दिर संरक्षणको पखाईमा रहेका छन् । स्थानीयवासीको पहलमा केही मन्दिर जीर्णोद्वार भए पनि अन्य मन्दिरको अवस्था उस्तै रहेको छ । नेपालको एक मात्र टक काटनेस्थल टक्सारमा २० भन्दा बढी धार्मिकस्थल छन् ।
जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत मठमन्दिर तथा बिहार छन् । संरक्षण र रेखदेखको अभावमा यहाँका मठमन्दिरमा हिजोआज पूजाआजा गर्ने तीर्थालु भक्तजनको कमी भएको छ ।
पाटनमा रहेका मठमन्दिर जत्तिकै महत्व बोकेका यहाँका मठमन्दिर जीर्णोद्वार हुन नसक्दा बेवारिसे बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाइ छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिर तथा धार्मिकस्थल अहिले स्थानीयवासीको विस्थापन र संरक्षणका कारण जीर्ण बन्दै गएका हुन ।
सरोकारवाला निकायले पनि ध्यान नदिनु र स्थानीय विस्थापनको लहर बढन थालेपछि टक्सारका सम्पदा झन ओझेलमा परेको शाक्यले बताउनुभयो । “धार्मिक तथा सांस्कृतिक महन्व बोकेको पाटनको जति महत्व छ, भोजपुरको टक्सारमा रहेका मठमन्दिरको पनि उति नै महत्व छ”, शाक्यले भन्नुभयो । टक्सारका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट पनि सहयोग हुनुपर्ने टक्सारवासीको माग रहेको छ ।
इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजना निर्माणसहित अगाडि बढनु जरुरी देखिएको स्थानीय बिमल रणपहेलीको धारणा छ । “टक्सारबाट विस्थापन हुने क्रम रोक्दै, टक्सारको विकासका लागि एकल भन्दा पनि सामूहिक प्रयासको खाँचो छ”, रणपहेलीले भन्नुभयो ।
सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वसँग जोडिएका यहाँका मठमन्दिरको दुर्दशाप्रति सम्बन्धित स्थानिय सरोकारवाला निकायकै ध्यान पुग्न नसकेको यशोधरा माध्यामिक बिद्यालय टक्सारका शिक्षक अमृका ताम्राकारको भनाइ छ । टक्सारका यस्ता ऐतिहासिक सम्पदा संरक्षणका लागि स्थानिय मात्र होइन स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समेत ध्यान दिनु जरुरी रहेको शिक्षक ताम्राकार बताउनुहुन्छ ।
भोजपुर नगरपालिकाको वडा नम्वर १२ मा टक्सार रहेको छ । यहाँको लाखे जात्रा, धातुका सामाग्री, संस्कार तथा संस्कृति अन्य ठाउँका तुलनामा फरक छन । यस्तो बजारको संरक्षणमा वडाबाट मात्र सम्भव नहुने वडाध्यक्ष देवी कार्कीको धारणा छ । वडाध्यक्ष कार्कीले भन्नुभयो, “टक्सार विकासका लागि सबै पक्ष बसेर खाका तयार गरौ, सोही अनुसार अगाडि बढौ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments