
संखुवासभामा ५० बढी पशु चौपाय मरेपछि किसान चिन्तित
- बैशाख ५, २०८० मा प्रकाशित

संखुवासभा । संखुवासभा जिल्लाका पुश चौपायमा छालाको रोग (लम्पी स्कीन डिजिज) देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहमा पशु चौपायमा छाला समबन्धी रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखरेलले बताए ।
छालाको रोगबाट जिल्लाभर ५० भन्दा बढी पशु चौपाय मरिसकेको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र प्रमुख पोखरेलले जानकारी दिए । खाँदबारी नगरपालिका–२ र ६ मा रोगको संक्रमण सबैभन्दा बढी देखिएपछि स्थानीयका घर–घरमै पुगेर पशुहरुको उपचार गरिएको भेटरिनरी अस्पताल प्रमुख पोखरेलले बताए ।
‘अभियानकै रुपमा कृषकहरुको घर–घरमा पुगेर उपचार गरिएको छ, अझै पनि सचेत रहन सबै पशुपालक कृषकहरुलाई अनुरोध गरिरहेका छौं,’ प्रमुख पोखरेलले भने । यसबारे जिल्लाभर नै सचेतना फैलाउन सबै पालिकाहरुलाई पनि खबर गरिएको उनले बताए । उनकाअनुसार, खाँदबारी नगरपालिकाको वडा नं. ७, ८, ९ र १० र पाँचखपन नगरपालिकाको वडा नं. १, ३, ४ र ५ का साथै भोजपुरको षडानन्द नगरपालिकामा समेत फाटफुट देखिएको छ ।
यो रोगबाट पशुहरुको खुट्टा, च्यापु, माला, अण्डकोष, फाँचो सुनिने, शरीरभरि फोका आउने, दाना, घाँसपानी नखाने, नउग्राउने, ज्वरो आउने, दुहुना पशुको दुध सुक्ने, ब्याउँने पशु भए तुहिने, कमजोर हुने लगायतका लक्षणहरु देखिने गरेको छ । खाँदबारी नगरपालिका र पाँचखपन नगरपालिकाबाट सुरु भएको छालाको रोग (लम्पी स्कीन डिजिज) पछिल्लो समय मकालु, सिलिचोङ र भोटखोला गाउँपालिका बाहेक अन्य सबै पालिकाहरुमा फैलिएको भेटेरिनरी अस्पतालका प्रमुख पोखरेलले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments