
संखुवासभामा मलामी बाेकेकाे ट्याक्टर दुर्घटना : ३ जनाकाे मृत्यु : नाै जनाकाे अवस्था गम्भीर
- असार २५, २०७९ मा प्रकाशित
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा भएको ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मलामी गएर फर्किने क्रममा खाँदबारी–लेगुवा सडकखण्डको दुमकट्टामा शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मलामी गएकाहरु चैनपुर–१० का २४ गङ्गाबहादुर तामाङ र चैनपुर–९ का ४६ वर्षीय केशव कार्कीको मृत्यु भएको थियो ।
अर्का गम्भीर घाइते चैनपुर–१० का ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ८ः१० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४४ जना घाइते भएका थिए । घाइतेमध्ये सामान्य अवस्थाका २१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
अवस्था गम्भीर र मध्यम रहेका घाइतेको प्रतिष्ठानमै उपचार भइरहेको छ । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरु चैनपुर–१० की सावित्रा जिमी (२७), डिल्लीमान कटुवाल (६५), फणिन्द्र अधिकारी (६०), दिपेश कटुवाल (२२), उदयबहादुर भण्डारी (५०), मोहितमान राई (४०) र चैनपुर–९ का शान्तिबहादुर कार्की (६०), नरबहादुर कार्की (६८) र काजीमान राई (६२) को उपचार जारी छ ।
प्रहरीका अनुसार चैनपुरको खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गइ पुनः मालामीलाई लिएर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरीले चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । अचानक लोडपिन भाँचिन गइ रोडको बाँयातर्फ पल्टिएर ट्याक्टर दुर्घटनामा परेको सङ्खुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए । उनका अनुसार चैनपुर–१० की ९० वर्षीया कौशिला अधिकारीको मलामी गएकाहरु दुर्घटनामा परेका हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments