
संखुवासभामा दुई भ्यान आपसमा ठोकिँदा ११ जना घाइते
- आश्विन ८, २०८१ मा प्रकाशित

संखुवासभा । संखुवासभामा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन्। कोसी राजमार्गमा पर्ने संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा सोमबार दुईवटा भ्यान आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी
खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको को १ ज २३०३ नम्बरको भ्यान र तुम्लिङटारबाट खाँदबारीतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५७८२ नम्बरको भ्यान आपसमा ठोक्किएका हुन्। घाइते सबैको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा को १ ज २३०३ नम्बरको मारुती चालक भ्यान भोजपुरको षडानन्द नगरपालिका –८ का २९ वर्षीय रितेश श्रेष्ठ, भोजपुरकै षडानन्द नगपालिका–१२ का २८ वर्षीया मिना तामाङ, ४७ वर्षीय राम बहादुर विश्वकर्मा, ४६ पर्षीया हिरामाया विश्वकर्मा,२८ वर्षीय मोहन तामाङ, षडानन्द –१० का ५० वर्षीय राज कुमार राई घाइते भएका छन्।
त्यसैगरी भोजपुरकै षडानन्द –२ कुदकाउलेका ७० वर्षीय मचिन्द्र विष्ट, संखुवासभाको खाँदबारी नगरपालिका– ३ मानेभञ्याङकी ६८ वर्षीय शान्ति घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए।
त्यसैगरी बा.प्र.०१–०३० च ५७८२ नम्बरको भ्यानमा सवार संखुवासभाको सभापोखरी गाउँपालिका –२ की २८ वर्षीया उर्मिला खनाल र उनका छोरा ५ बर्षीय उशल खनाल घाइते भएका छन्। घाइतेमध्ये केही यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले विद्युतीय भ्यान चालक मकालु गाउँपालिका ७ का ४५ वर्षीय लाक्पा गुरुङलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसान्धान अघि बढाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments