
संखुवासभाको मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ
- जेष्ठ २१, २०७९ मा प्रकाशित
संखुवासभा / अर्कैको नाममा कक्षा १२ को परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ की मनिसा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।
खाँदबारी–३ को महेन्द्र मावि मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। कक्षा १२ को बिहीबार भएको बाल विकास सिकाइ विषयको परीक्षा दिँइरहेका वेला प्रहरीले मनिसालाई पक्राउ गरेको डिएसपी सुवेदीले बताए।भोटखोला गाउँपालिका अरुणोदय माध्यमिक विद्यालयको कक्षा १२ की विद्यार्थी अनुसा गुरुङको सट्टामा परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा मनिसालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नक्कली परीक्षार्थी मनिसालाई परीक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र मावि मानेभञ्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए।
नक्कली परीक्षार्थी मनिसाले बहिनी अनुसाको प्रवेशपत्र लिएर परीक्षा हल पुगेकी थिइन्। केन्द्राध्यक्षले उत्तरी पुस्तिकामा हस्ताक्षर गर्ने क्रममा नक्कली परीक्षार्थी भएको खुलेको हो। पक्राउ परेकी मनिसालाई परीक्षा ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।यो नक्कली परीक्षार्थी पक्राउ परेको संखुवासभाको पहिलो घटना हो। उनीविरुद्ध परीक्षा नियमावलीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments