
संखुवासभाको खाँदबारीमा अज्ञात समूहद्वारा घरमै सुतिरहेका वृद्धको हत्या
- बैशाख १४, २०८२ मा प्रकाशित

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा अज्ञात समूहको आक्रमणबाट घरमा सुतिरहेका एक वृद्धको मृत्यु भएको छ । आक्रमणबाट गम्भीर घाइते ७२ वर्षीय मीनबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटना अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइएको छ ।
अपरिचित समूहको आक्रमणबाट गम्भीर घाइते वृद्ध कुमालको मनकामना सामुदायिक अस्पतालमा पुर्याउनु अघि नै मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका कुमालको गए राति साढे १२ बजेतिर अपरिचित दुई जनाको समूहले घाँटीमा थिचेर गम्भीर घाइते बनाएका थिए । कुमाललाई अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । बरण्डा कोठामा सुतिरहेका कुमालाई आक्रमण गरेको आवाज थाहा पाएपछि घरभित्र सुतिरहेकी श्रीमती सुनामाया कुमाल बाहिर निस्किएकी थिइन् । बाहिर निस्कँदा श्रीमानलाई दुई जनाले आक्रमण गरेको देखेपछि उनले छिमेकीलाई खबर गरेपछि छिमेकी घटनास्थल पुगेका थिए ।
घटनास्थलमा मृतक कुमाल घाइते अवस्थामा देखेपछि उनीहरूले घाइतेलाई अस्पताल लगेको प्रहरी निरीक्षक लामिछानेले जानकारी गराए । घटना लगत्तै फरार भएका व्यक्तिहरूको खोजी भइरहेको जनाएको उनले बताए । वृद्धको हत्या के कारण भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतसहितको टोली खटिएको थियो । फरार अभियुक्तहरूको खोजीका लागि सबै नाका शिल गरिएको प्रहरीले जनाएको छ । मृतक कुमालको घरमा श्रीमतीसहित बस्दै थिए । मृतकका दुई छोरा विदेशमा छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments