
संखुवासभाकाे खादवारीमा प्रदेश १ स्तरीय बौद्ध सम्मेलन सम्पन्न
- फाल्गुन १५, २०७९ मा प्रकाशित
संखुवासभा । लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समिति संखुवासभाको संयुक्त आयोजनामा गरिएको प्रदेश १ स्तरीय बौद्ध सम्मेलन आइतबार सम्पन्न भएको छ । संखुवासभा सदरमुकाम खाँदबारीमा शनिबारबाट सुरु भएको प्रदेश१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको हो ।हिमाली बौद्ध दर्शन, सम्पदा र संस्कृति सम्मेलन खाँदबारी घोषण पत्र जारी गर्दे प्रदेश १ स्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा विभिन्न १६ विषयका कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमा बौद्ध दर्शन, मृर्त तथा अमृर्त सम्पदा,संस्कृति, बौद्धधर्म सम्बन्धी शिक्षा,स्तुपा,बुद्ध धर्म र संखुवासभा जिल्लाका बौद्ध धर्म सम्मद्ध गुठी गुम्बा लगायतका विषयहरुको समावेश गरिएको छ ।
यस जिल्लालाई बौद्ध अनुसन्धान केन्द्रको रुपमा विकास गर्न खाँदबारीमा बौद्ध अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न सहमत हुँदै खाँदबारी घोषण पत्र जारी गरेको लुम्विनी विश्वविद्यालका उपकुलपति तिलकराज आचार्य जानकारी दिए । प्रदेश स्तरीय अनुसन्धान केन्द्र र बौद्ध संग्रहालय निर्माण गर्ने उद्देश्यले गरिएको दुई दिने सम्मेलन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा माथिल्लो अरुण याङ्गुठी गुम्बाको कार्यपत्र डाक्टर मात्रिका तिम्सिना,सुमन्तराज न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
माघे सङ्क्रान्ति पूर्वदेखि पश्चिमसम्म संस्कृति,तामाङ जातिको गितसँग बौद्ध धर्मको सम्बन्ध,ताप्लेजुङमा बौद्धल धर्म तथा संस्कति र गुम्बाहरुको अवस्था, भोजपुरमा थेरवादी बुद्ध धर्मको प्रारम्भ,बरुण उपत्यका र छेयलेम्बुको अध्यात्मिक इतिहासमा शेर्पा गोठालाहरुको संस्कृति लगायतका विषयको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments