
संकटमा खेलकुदः एकपछि अर्को बज्रपात !
- माघ ११, २०७९ मा प्रकाशित
काठमाडौं । पहिलोपटक आयोजना भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेका पूर्व क्रिकेटर मेहबुब आलाम र राष्ट्रिय टीमका अलराउण्डर मोहम्मद आदिल आलममाथि अनुसन्धान शुरु भएको छ । प्रारम्भिक अनुसन्धानमा पनि स्पट फिक्सिङ भएको प्रमाण भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।
जनकपुर रोयल्सबाट खेलेका आलमले ८ र १२ औं खेलमा फिक्सरसँग भएको सम्झौता अनुसार बल फालेका थिए । काठमाडौं नाइट्सविरुद्धविरुद्ध १२ पुसमा भएको खेलमा आलमले ११औं ओभरको पहिलो बल नो बल र दोस्रो वाइड फालेका थिए । उस्तैगरी १२औं खेलमा फार वेष्टविरुद्ध एक ओभर मात्रै बलिङ गर्दा पनि पहिलो बल नो बल र दोस्रो वाइड बल फालेका थिए ।
अनुसन्धानका क्रममा सीआईबीले त्यसबापत आलमलाई प्रति खेल ६ लाखको प्रस्ताव गरिएको थियो । ६ खेलमा ६ लाखका दरले ३६ लाख आउने र त्यसैअनुसार फिक्सिङ गर्न आलमलाई प्रस्ताव गरिएको थियो । तर यो फिक्सिङमा अरु को संलग्न छन् भन्ने आलमले खुलाएका छैनन् । तर सीआईबीले पूर्व क्रिक्रेटर मेहबुबले राष्ट्रिय टीमकै क्रिक्रेटरलाई फिक्सिङको प्रस्ताव ल्याएको जनाएको छ ।
त्यी प्रस्ताव अनुसार भएको स्पट फिक्सिङमा ४ नेपाली र ६ विदेशी संलग्न रहेको सीआईबीले निष्कर्ष निकालेको छ । स्पट फिक्सिङको आशंका खेल हेर्न गएका दर्शक र कमेन्टेटरले नै गरेका थिए । त्यसपछि गृह मन्त्रालयले अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो । सीआईबीले अनुसन्धानका क्रममा मेहबुब र आदिललाई नियन्त्रणमा लिएको छ । यो प्रकरणमा संलग्न अरुलाई समातेको छैन । तर नेपाल क्रिकेट संघ (क्यान) माथि समेत अनुसन्धान हुने जनाएको छ ।
मंगलवारको पत्रकार सम्मेलनमा सीआईबीले क्यान र लिग आयोजनाको जिम्मा पाएको सेभेन थ्री समेत अनुसन्धानको दायरामा आउने जनाएको छ । क्यानले भारतको विवादित कम्पनी सेभेन थ्रीलाई लिग आयोजना गर्न दिएको थियो । तर पहिलोपटक भएको लिग बद्नाम मात्रै हुन भएन नेपालको क्रिक्रेट इतिहासमै पहिलोपटक फिक्सिङ भएको आरोपमा अनुसन्धान चलिरहेको छ ।
यसले नेपालको क्रिकेट क्षेत्रमा थप क्षति पुगेको छ । केही महिना अगाडि मात्रै तत्कालीन कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लागेको थियो । त्यही आरोपमा उनी पक्राउ परेपछि रोहितकुमार पौडेल नयाँ कप्तानमा छन् । यसले नेपाल क्रिक्रेटमा पुगेको क्षतिमा स्पट फिक्सिङले थप नूनचुक बनाएको छ । क्रिक्रेटमा बलात्कारको आरोपमा तत्कालीन कप्तान कारबाही परेको केही समयभित्रै फिक्सिङ जस्तो प्रकरण सार्वजनिक भयो । त्यसैबेला फुटबलमा पनि अर्को ठूलो संकट देखिएको छ ।
म्याच फिक्सिङको पीडा त राष्ट्रिय फुटबलले यसअघि नै खेपिरहेको थियो । तत्कालीन कप्तान सागर थापा सहित पाँच खेलाडी म्याच फिक्सिङमा परेका थिए । अहिले फुटबलमा देखिएको संकट भने राष्ट्रिय टीमका भरपर्दा खेलाडीहरु नै विदेश पलायन हुनु हो । केही दिन अगाडि मात्रै दिनेश राजवंशी र तेज तामाङ अष्ट्रेलिया पुगेको सूचना सार्वजनिक भयो । जबकी ए डिभिजन लिग शुरु गर्ने तयारी चलिरहेको छ । तर दिनेश र तेज मात्रै नभएर सुमन अर्याल, मिक्चेन तामाङ, हेमन्त थापामगर, नितिन थापा र रेजिन सुब्बा समेत अष्ट्रेलिया पुगेका छन् । यसअघि शुलभ मास्के, हेमन गुरुङ, एलन न्यौपाने, सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, सन्तोष तामाङ र सञ्जोक राई विदेशिएका थिए ।
यसरी खेल क्षेत्र खेलाडीका कारण बज्रपात पर्नुमा भने नियमनकारी निकाय र सरकारकै गैरजिम्मेवारी भएको खेल क्षेत्रका अधिकारीहरु बताउँछन् । सरकारले खेल क्षेत्रलाई उपेक्षा गर्दा खेलाडीले आर्थिक स्रोत व्यवस्थापनकै निम्ति यस्ता गतिविधि गरेको उनीहरुको टिप्पणी छ । हुनपनि सरकारले यसपटक खेलकुद मन्त्रालयलाई कुल बजेटको ०.१५ प्रतिशत मात्रै बजेट (दुई अर्व ७४ करोड) विनियोजन गरेको छ । अझ अखिल नेपाल फुटबल संघ (एन्फा) र क्यानमा भएको राजनीतिको असर समेत यी समस्याको कारण मानिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments