
श्रीलंकामा कागज अभावमा विद्यार्थीको परीक्षा रद्द, लाखौँ विद्यार्थीको भविष्य अन्धकारमा
- चैत्र ६, २०७८ मा प्रकाशित
कोलम्बो: कागज अभावमा श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् ।
सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट ) कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरुले बताएका छन् । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिकै ठूलो आर्थिक संकट सामना गरिरहेको छ ।
‘प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्’, पश्चिम प्रान्तको शिक्षा विभागले भन्यो ।
यस कदमले प्रभावकारी रूपमा देशका ४५ लाख विद्यार्थीहरूमध्ये दुई तिहाइ विद्यार्थीको परीक्षाहरू प्रभावित भएका छन् ।
टर्म टेस्ट वर्षको अन्त्यमा विद्यार्थीहरूलाई अर्को कक्षामा पास हुन्छ वा हुँदैन भनेर निर्णय गर्ने मूल्यांकन प्रक्रियाको अंश हो ।
अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक संकटका कारण देशमा खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments