
श्रीलंकाका अस्पतालमा औषधि र अत्यावश्यक आपूर्ति सकिँदै
- बैशाख ५, २०७९ मा प्रकाशित
कोलम्बो: देशको आर्थिक संकट बिग्रदै गएपछि श्रीलंकाभरका चिकित्सकहरुले अस्पतालमा औषधि र अत्यावश्क आपूर्ति सकिएको बताएका छन् । चाँडै अन्तर्राष्ट्रिय सहयोग नभए स्वास्थ्य विपत्ति हुने डर बढेको छ ।
‘दिनप्रति दिन सामान सकिरहेका छन् । हामी शून्य बिन्दुमा पुग्यौं भने मलाई थाहा छैन के हुन्छ’, डा. ज्ञानसेकरमले भने । श्रीलंकाको मेडिकल विशेषज्ञहरुको संघका सचिवसमेत रहेका डा. ज्ञानसेकरमले राजधानी कोलम्बोमा रहेका कुन कुन अस्पतालमा औषधिको कमी छ भनेर सूची तयार गरेका छन् । ‘हामीसँग मेडिकल ड्रग्स, एनेस्थेटिक औषधि, प्रत्यारोपण, स्टिच सामग्रीको अभाव छ । हामीसँग स्टक लगभग समाप्त छ’, उनले भने ।
‘तत्काल राहत नभएसम्म स्वास्थ्य सेवाहरू ध्वस्त हुनेछन’, उनी भन्छन् । औषधिको आपूर्ति नभए त्यसले गम्भीर परिणाम निम्त्याउने चिकित्सकहरूले चेतावनी दिएका छन् । ‘यति त्यस्तो अवस्था आयो भने हामीले बिरामीको ज्यान जोगाउन सक्नेछैनौँ ।
श्रीलंका इतिहासमै सबैभन्दा खराब आर्थिक संकटमा फसेको छ । श्रीलंकाले करिब ८५ प्रतिशत चिकित्सा आपूर्ति आयात गर्दछ । तर, विदेशी मुद्रा सञ्चिति न्यून रहेकाले अत्यावश्यक औषधिहरू अहिले पाउन कठिन छ ।
एनेस्थेटिक्समा प्रयोग गरिने एट्राकुरियम दुई महिनाको मात्र स्टक बाँकी छ । अन्य औषधिको आपूर्ति पनि कमी भइरहेको छ ।
पेनकिलर फेन्टानिलको स्कट अव दुई हप्तामा सकिँदै छ । विभिन्न तीन प्रकारका एन्टिबायोटिकहरूको स्टक पहिल्यै सकिएको छ । प्रतिस्थापन गरेर अभाव व्यवस्थापन गरेको डा. विजेसुरिया बताउँछन् ।
फ्रन्टलाइन चिकित्सकहरू धेरै कम उत्साहित छन् । अभावबारे सार्वजनिकरूपमा सञ्चार माध्यममा उनीहरू खुलेर बोल्न सक्दैनन् । युनियनका प्रतिनिधिहरू र अस्पतालका निर्देशकहरूलाई मात्र सार्वजनिक रूपमा बोल्ने अधिकार छ ।
चिकित्सकहरूले बारम्बार समस्या देखाए पनि सुरुमा श्रीलंकाको सरकारले एक विज्ञप्ति निकालेर नै औषधिहरू सकिएको अस्वीकार गर्यो । एक दिनपछि सरकारी सूचना विभागले त्यसलाई सच्याउँदै केही औषधि र उपकरणको अभाव भएको स्वीकार गरेको थियो ।
बीबीसीका अनुसार देशभरका अस्पतालहरूलाई जीवन बचाउने औषधि र उपकरणहरूको आवश्यकता छ । आपूर्तिको कमीले उनीहरूलाई गैर–अत्यावश्यक कार्यहरू स्थगित गर्न र केही उपकरणहरू पुनः प्रयोग गर्न बाध्य पारेको मेडिकल कर्मचारीहरूले गुनासो गरेका छन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments